शनिबार, जेठ २, २०८३

आजदेखि १२ देखि १७ वर्षका सबैले खोप पाउँदै

काठमाडौं र ललितपुरमा आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिँइदै छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

National life

काठमाडौं– काठमाडौं र ललितपुरमा आजदेखि १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिँइदै छ। 

यसअघि दीर्घरोगलाई खोप दिइँदै आएकोमा आइतबारदेखि  मंगलबारसम्म १२ देखि १७ वर्ष उमेरका स्वस्थ बालबालिकालाई पनि दिने निर्णय भएको हो। ललितपुरको पाटन अस्पताल, काठमाडौंमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र र वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाइने छ।

जिल्लाका स्वास्थ्य कार्यालय काठमाडौं र ललितपुरका अनुसार खोपको संख्या कम रहेकाले पहिला आउनेले पहिलो प्राथमिकता पाउने कार्यालयले जनाएका छन्। दीर्घ रोगीलाई खोप लगाएर खोप बचत भएपछि सरकारले स्वस्थ नागरिकलाई पनि खोप लगाउने निर्णय गरेको हो।

प्रकाशित: Nov 21, 2021| 09:39 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्