शुक्रबार, भदौ ५, २०८३

कांग्रेस मोरङमा संस्थापन इतर समूह हाबी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न प्रदेश क्षेत्रीय अधिवेशनमा मोरङमा संस्थापन इतर समूह हाबी भएको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न प्रदेश क्षेत्रीय अधिवेशनमा मोरङमा संस्थापन इतर समूह हाबी भएको छ।

१२ वटा प्रदेश क्षेत्रअन्तर्गत १० वटामा संस्थापन इतर समूह र दुई वटामा संस्थापन समूह निकटका उम्मेदवार क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।

क्षेत्र नम्बर ५ बाहेक अन्य क्षेत्रमा संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका छन्। ५ मा संस्थापन समूहको पकड रहेकाले नेता अमृत अर्यालले दुवै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन गरेका थिए।  ५ (क) मा अचालु खाँ  र  (ख) मा जितु साह क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्। 

क्षेत्र ५ बाहेक १, २, ३, ४ र ६ मा संस्थापन इतर समूहका नेताहरू निर्वाचित भएका छन्। १ (क) मा १ क नरबहादुर मोक्तान र  (ख) मा राजकुमार लामा,  २ (क) मा  कन्हैया राजवंशी र  (ख) मा  देवेन्द्र बस्नेत ३ (क) मा गंगा याख्खा, (ख) मा जगतलाल चौधरी, ४ (क)  एकाराम माझी (ख) मा सुबोध निरौला, ६ (क) दीपक भगत र (ख) मधुबाबु तिवारी निर्वाचित भएका छन्। 

प्रदेश क्षेत्रीय अधिवेशनअन्तर्गत मोरङमा संस्थापन इतर समूहले फरक-फरक उम्मेदवारलाई साथ दिएर प्रतिस्पर्धा गराएका छन्। ५ वटा क्षेत्रमा संस्थापन इतर समूहका नेताहरूबीचमा प्रतिस्पर्धा भएको थियो। 

क्षेत्र नम्बर ६ (ख) मा नेपाली कांग्रेसका नेता शेखर कोइराला निकटमा उम्मेदवार पराजित भएका छन्। कोइरालाले विकास पराजुलीलाई साथ दिएका थिए। तिवारीलाई नेता महेश आचार्यको साथ थियो। आफ्नो क्षेत्रमा कोइरालाले आफू निकटका दुवै उम्मेदवारलाई जिताउन सकेनन्। ६ क मा उनी निकटका उम्मेदवार विजयी भएका छन्। 

संस्थापन इतर समूहका नेताहरू महेश आचार्य,  डा. मिनेन्द्र रिजाल,  डा. शेखर कोइरालालगायतका नेताहरूले फरक-फरक उम्मेदवारलाई साथ दिएका थिए। 

संस्थापन समूहमा भने नेता अर्यालले आफ्नो पकड रहेको क्षेत्रमा सर्वसम्मत गराउन सफल भएका छन्। मोरङमा पार्टीको केन्द्रीय गुटका आधारमा भन्दा पनि स्थानीय गुटगत स्वार्थका आधारमा प्रतिस्पर्धा भएको छ।

प्रकाशित: Nov 21, 2021| 11:12 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...