मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : बारको आन्दोलन थप सशक्त, शान्ति सम्झौताको डेढ दशक पूरा

बिहानी समाचार : बारको आन्दोलन थप सशक्त, शान्ति सम्झौताको डेढ दशक पूरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन थप सशक्त बनाउने भएको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन थप सशक्त बनाउने भएको छ।

तेस्रो चरणको साताव्यापी आन्दोलनअन्तर्गत आज देशभरका कुनै पनि अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने बारको कार्यक्रम छ। बारको आह्वानमा आज पनि कानुन व्यवसायीहरुले सर्वोच्च अदालत अगाडी धर्ना दिँदैछन्। बारले सर्वाेच्चमा कानुन व्यवसायीमाथि भएको दमनलाई पनि आफ्नो एजेन्डा बनाएको छ।

आन्दोलन २१ औँ दिनमा प्रवेश गर्दा यस अवधिमा तीनपटक प्रहरीले आन्दोलनका क्रममा बल प्रयोग गर्दा आफ्ना सदस्य घाइते भएको बारले जनाएको छ। बारले प्रधानन्यायाधीशको राजीनामालाई बटमलाइन बनाएर आन्दोलन गर्दै आएको छ। 

शान्ति सम्झौताको १५ वर्ष पूरा

सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको आइतबार १५ वर्ष पूरा भएको छ। 

२०५२ फागुनदेखि जनयुद्ध गरिरहेको माओवादीले २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशमा जारी दशक लामो युद्ध अन्त्य भएको थियो। १० वटा विविध भागमा समेटिएको सो सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले हस्ताक्षर गरेका थिए।

सम्झौतामा भएका केहि विषय कार्यान्वयन भएपनि द्वन्द्वको क्रममा सरकार वा माओवादीबाट पीडित भएकाहरुले भने अझै न्याय पाउन सकेका छैनन्। सरकारले द्वन्द्वको घटनाको सत्य तथ्य छानबिन गरी पीडितलाई न्याय पीडकलाई दण्ड दिने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरेपनि ती आयोगले प्रभावकारी काम गर्न नसकेको पीडितको गुनासो छ।

एमाले अध्यक्ष केपी ओलीले द्वन्द्वकालमा भएका मानवता बिरोधी ज्यादतीमा संलग्नलाई आममाफी दिने कुरामा सहमत हुन नसक्ने बताएका छन्। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै ओलीले द्वन्द्वकालमा भएको घटना भन्दै जस्ता विषयमा पनि आममाफि दिन नसकिने बताएका हुन्। द्वन्द्वका दौरान पीडा भोग्न बाध्य पारिएका नागरिक र समाजलाई सत्यको जानकारी गराउने, न्याय सुनिश्चित गर्ने गरी मेलमिलापको भावना अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए। द्वन्द्वमा प्रत्यक्ष संलग्न राजनीतिक पक्षहरूको अनिच्छा र परस्पर विरोधी अडानका कारण द्वन्द्व पीडितले न्याय पाउन नसकेको ओलीको भनाइ छ। 

काठमाडौं र ललितपुरमा प्रहरी प्रमुख फेरिए

काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुख फेरिएका छन्। काठमाडौं प्रहरी परिसरको कमाण्ड एसएसपी सुदीप गिरीले समाल्ने भएका छन् भने ललितपुर परिसरको नेतृत्व एसएसपी यज्ञबिनोद पोखरेलले सम्हाल्ने भएका छन्। गृह मन्त्रालयले नेपाल प्रहरीका केही डिआइजी र एसएसपीको काज सरुवा गर्दै उनीहरुलाई परिसरमा तानेको हो। यस्तै काठमाडौं परिसरका एसएसपी अशोक सिंहलाई  भरतपुर तालिम केन्द्रमा सरुवा गरिएको छ।

त्यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी मुकुन्द आचार्यलाई करिब पाँच महिनामै हटाइएको छ। लुम्बिनीको कमाण्ड सम्हाल्न डिआइजी प्रकाश अधिकारीलाई पठाइएको छ। यस्तै नेपाल प्रहरीका २२ जना प्रहरी उपरीक्षक एसपीहरूको पनि सरुवा गरिएको छ। यो सरुवा निर्णयसँगै विभिन्न जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। 

युरोपमा फेरि बढ्यो कोरोना

युरोपेली देशहरूमा फेरि कोभिड संक्रमण तीब्र गतिमा बृद्धि भएको छ। 

पछिल्लो २४ घण्टामा मात्रै युरोपका देशहरुमा ३ लाख ३४ हजार ८ सयभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् भने ३ हजार ४ सय ९१ जनाको मृत्यु भएको वर्ल्डओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै जर्मनीमा ४८ हजार २ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय ५४ जनाको मृत्यु भएको छ।

बेलायतमा ४० हजार ९ सय ४१ जना संक्रमित थपिदा १ सय ५० जनाको मृत्यु भएको छ । बेलायत, इटाली, जर्मनी, नेदरल्यान्ड्स, अस्ट्रियालगायतका युरोपेली देशहरुले संक्रमण बढेसँगै पुनः लकडाउनदेखि नियन्त्रणका अन्य प्रतिबन्धात्मक कदमहरु चाल्न सुरु गरेका छन् । 

प्रकाशित: Nov 21, 2021| 11:20 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।