आइतबार, असार २१, २०८३

लिभरपुलले अन्त्य गरिदियो आर्सनलको १० खेलको अपराजित यात्रा

इंग्लिस प्रिमियर लिग ईपीएलमा लिभरपुलले घरेलु मैदानमा आर्सनललाई हराएको छ। एनफिल्ड मैदानमा शनिबार राति सम्पन्न खेलमा लिभरपुलले आर्सनलविरुद्ध ४–० गोलको सानदार जित निकालेको हो।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– इंग्लिस प्रिमियर लिग ईपीएलमा लिभरपुलले घरेलु मैदानमा आर्सनललाई हराएको छ। एनफिल्ड मैदानमा शनिबार राति सम्पन्न खेलमा लिभरपुलले आर्सनलविरुद्ध ४–० गोलको सानदार जित निकालेको हो।

लिभपरपुलको जितमा साडियो माने, डियागो जोटा, मोहम्मद सलाह र ताकुमी मिनमिनो नायक रहै उनीहरूले समान १–१ गोल गरे। मानेले सालाहल्लाई पास उपलब्ध गराएका थिए भने अलेक्जेन्डर अर्नोल्डले मिनमिनो र मानेका लागि एसिस्ट गरेका थिए।

अलेक्जेन्डर अर्नोल्डको फ्रि किकलाई मानेले गोलमा परिवर्तन गरेका थिए। पहिलो हाफमा एक गोलको मात्र अग्रता बनाएको लिभरपुले दोस्रो हाफमा तीन गोल थपेको थियो। आर्सनलका नुनो टाराभासको गल्तीको फाइदा उठाउँदै जोटाले दोस्रो हाफको सुरुमै खाली नेटमा बल प्रहार गरेका थिए। 

त्यसपछि मानेको क्रसलाई सलाहले स्कोर गरे भने दोस्रो हाफमा मैदान छिरेका मिनमिनोले मैदान छिरेको ४८ सेकेन्डमै गोल गरेर टिमलाई ४–० को जित दिलाए। यो जितले लिभरपुललाई लिगको दोस्रो स्थानमा पुर्‍याएको छ। जहाँ आर्सनल पाँचौं स्थानमा छ।

यससँगै सबै प्रतियोगितामा आर्सनलको १० खेलको अपराजित यात्रा एनफिल्डमा टुंगिएको छ। खेलका आर्सनलका बुकायो साका र पियरे इमिरेक अबुमयाङले काउन्टर अट्याकको प्रयास गरे पनि गोलकिपर एलिसनले सबै प्रहारको बचाउ गरेका थिए।

पहिलो हाफमा योर्गेन क्लोपको टिमले बल पोसेसन राखेर खेले पनि उसका धेरै प्रहार गोल हुनबाट चुकेका थिए। खेलका ४ गोल भए पनि त्यो स्पर्धा प्रशिक्षकको जीवनमा गएर पोखिएको थियो। मैदानमै माइकल आर्टेटा क्लोपसँग आक्रोशित बनेका थिए।

‘हामीले राम्रो सुरुआत गरेका थियौँ। हामीले ९६ मिनेट नै मैदानमा फाइट गयौँ। हामीले दोस्रो हाफको २० मिनेटमा ठूलो हार बेहार्यौँ। हामीले बल लुज गरेकाले त्यस्तो भयो,’ प्रशिक्षक आर्टेटाले भने।

प्रकाशित: Nov 21, 2021| 08:45 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।