शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस अधिवेशन : बैतडीमा मतगणनाका क्रममा रक्सीको बोतल प्रहार, एकजना घाइते

कांग्रेस अधिवेशन : बैतडीमा मतगणनाका क्रममा रक्सीको बोतल प्रहार, एकजना घाइते

नेपाली कांग्रेस बैतडी प्रदेश क्षेत्रीय अधिवेशनअन्तर्गत क्षेत्र नम्बर (ख)को मतगणना भइरहेका बेला एकजनामाथि रक्सीको बोतल प्रहार भएको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

बैतडी– नेपाली कांग्रेस बैतडी प्रदेश क्षेत्रीय अधिवेशनअन्तर्गत क्षेत्र नम्बर (ख)को मतगणना भइरहेका बेला एकजनामाथि रक्सीको बोतल प्रहार भएको छ। 

रक्सीको बोतल लागेर दशरथचन्द नगरपालिका वडा नम्बर ६ का कांग्रेस नेता अर्जुन रावलको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख बोधराज ओझाले जानकारी दिए।

रातीको दश बजेको समयमा रावलमाथि अध्याँरोमा एक्कासी बोतलले हिर्काएको जनाइएको छ। घाइते रावलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। 

रावलमाथि बोतल प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ। तर, बैतडीका सभापति शिवराज भट्ट समूहले भने चतुर चन्द समूहका व्यक्तिले उक्त बोतल प्रहार गरेको आरोप लगाएको छ। 

अहिले मतगणनास्थलमा प्रहरीको बाक्लो उपस्थिती रहेको छ। मतगणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: Nov 21, 2021| 09:05 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...