शनिबार, माघ ३, २०८२

ए डिभिजनमा दुई खेल : उपाधि दाबेदार मनाङलाई जावलाखेलको टक्कर

सहिद स्मारक ए डिभिजन लिगमा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लबले आफ्नो पहिलो खेलमा जावलाखेल यूथ क्लब प्रतिद्वन्द्वी पाएको छ। उसले आज पौने ५ बजे दशरथ रंगशालामा जावलाखेलविरुद्ध खेल्दै लिगको सुरुआत गर्नेछ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगमा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लबले आफ्नो पहिलो खेलमा जावलाखेल यूथ क्लब प्रतिद्वन्द्वी पाएको छ। उसले आज पौने ५ बजे दशरथ रंगशालामा जावलाखेलविरुद्ध खेल्दै लिगको सुरुआत गर्नेछ।

National life

सँधैझै ८ पटकका लिग विजेता यो पटक पनि उपाधि जित्ने मनसायका साथ लिगमा होमिएको छ।

मनाङ मर्स्याङ्दीका प्रशिक्षक राजेन्द्र तामाङ पनि त्यसै भन्छन्। ‘हामीले धेरै उपाधि जितेका पनि छौं। त्यसैले एक किसिमको दबाब पनि हुन्छ। राम्रा खेलाडी छन्। खेलाडीलाई राम्रा गाइडेन्स गर्न पनि साह्रो हुन्छ। हामी नवौं पटक लिग जित्छौं। त्यसरी खेलाडी तयारी गरिरहेका छौं,’ उनले लिग सुरु हुनुअघि भनेका छन्

मनाङले कार्तिक ३ गतेबाट तयारी सुरु गरेको थियो। लिग जाडोको बेलामा पर्‍यो। धेरै कुरा कन्सिडर गर्नु पर्ने तामाङ बताउँछन्। तर अहिले पहिलेको जस्तो खेलाडीको भरमा मात्र लिग जित्न नसकिने तामाङ बताउँछन्।

उनी भन्छन्, ‘अहिले, पहिलेको जस्तो छैन। प्रशिक्षक गुणस्तिरिय बनिसकेका छन्। सबैले बलियो रणनीति बनाएर आइरहेका हुन्छन्। हामीले भन्दा बलियो फर्मेसन बनाएर आउने गरेका छन्। सबै टिमलाई बराबरी मान्नैपर्छ।’

Laxmi sunrise bank
kumari

त्यस्तै क्लबका कप्तान विमल राना प्रशिक्षक तामाङ र फुजा तोपेको सहयोगमा लिग जित्ने बताउँछन्। उनी भन्छन्, ‘प्रशिक्षक तेफु फुजा  र राजेन्द्र दाइले गराउने अभ्यास त उस्तै छ। टिमलाई ग्राह्रो पनि छैन। सबै खेलाडी राम्रा छन्।’

उनले गएको वर्षको गल्ती नदोहोर्‍याउने बताए। गएको वर्ष मनाङले पाँचौं स्थानमा रहेर लिगको अन्त्य गरेको थियो। त्यो नै मनाङको अहिलेसम्मको खराब प्रदर्शन हो। ‘गत वर्ष लकले पनि फेबर गरेन। तर यो वर्ष सुधार भएको छ। गत वर्ष ८ खेलाडीले क्लब छोडेका थिए। त्यसपछि नयाँ खेलाडीले गर्दा धेरै गल्ती भए यद्यपि विगतमा भएको गल्तीलाई सुधार गर्नेछौं,’ कप्तान रानाले भने।

यता जावलाखेल यूथ क्लबको लक्ष्य चौथो स्थानमा रहने छ। प्रशिक्षक किशोर कुमार केसी भन्छन्, ‘लिगको तयारी राम्रो छ। लक्ष्य चौथो स्थानमा रहने हो। त्यो भन्दामाथि जाने गरि तयारी गरेका छौं।’ चौथो स्थानमा भनेको औसतभन्दा माथि हो। त्यसैले जावलाखेल पनि आज मनाङलाई जित्ने वा बराबरीमा रोक्ने दाउमा हुनेछ।

जावलाखेलका कप्तान जनक कार्की लिगको खेलका लागि मेन्टल्ली र फिजिकल्ली तयार रहेको बताउँछन्। भन्छन्, ‘पहिलो खेल नै मनाङसँग छ। त्यसलाई लिएर उत्साही छौं। हामी पनि आउँदा मनाङलाई राम्रो ब्याटल गर्ने भनेर सोचेका छौं। पहिलो नै ठूलो टिम प्रतिद्वन्द्वी हुँदा बाँकी खेलमा कन्फिडेन्ट बढ्छ।’

आजको पहिलो खेलमा विभागीय क्लब एपीएफले ब्रिगेड बोइज क्लबको सामना गर्नेछ। यी दुईको खेल दिउँसो १ बजे सुरु हुनेछ। अहले एपीएफ क्लबले कुमार थापालाई प्रशिक्षकको रूपमा भित्र्याएको छ। उनी पहिलेको टिमलाई नभत्काइनै लिग खेल्ने बताउँछन्।

उनी भन्छन्, ‘म आएपछि परिवर्तन भन्दा पनि रेकर्ड चाहिँ राम्रो बनाउने लक्ष्य हो। लिगमा दुई जानाले डेब्यू गर्दैछन्। टिमबाट परिवर्तन केही हुन्छ नै, खेल्ने शैली र फर्मेसनमा केही परिवर्तन हुँदैछ। पहिलेको आकृतिलाई लगभग बिगार्ने पक्ष्यमा छैन।’

त्यस्तै एपीएफको कप्तानीमा टोप बिस्ट छन्। उनले आफ्नो टिम धेरै माथि नजाने बताउँछन्। भन्छन्, ‘आठौं भित्र पर्ने हो। अन्तिम लिगमा एकदमै गाह्रो भएको थियो।  १२औं भएका थियौँ।’

त्यसैले एपीएफ टिम अहिलेबाटै सजग भएर खेल्नेछ। त्यसैले उसले लिगमा विजयी सुरुआत गर्न चाहन्छ। एपीएफको प्रतिद्वन्द्वी ब्रिगेड बोइज क्लबका प्रशिक्षक छन् सनोज श्रेष्ठ। उनले यो वर्ष रिजल्टमा ध्यान दिएर खेल्ने बताएका छन्। 

उनी भन्छन्, ‘टिमको लक्ष्य भनेको वेस्ट दिने हो। यही पोजिसन भन्ने चाहिँ छैन। युवा टोली छ। राम्रो फुटबल खेल्ने योजना छ।’

टिमका कप्तान छन् अनिल गुरुङ उनले उमेर समूहमा खेल्ने खेलाडी भएकाले सम्हालेर खेल्नुपर्ने बताउँछन्। उनले आफूले र प्रशिक्षकले मिलेर युवार खेलाडी परिचालन गर्दै रेलिगेसनबाट बच्ने योजना बनाएका छन्।

प्रकाशित: Nov 21, 2021| 09:50 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।