शुक्रबार, भदौ ५, २०८३

धनुषा कांग्रेसको पालिका अधिवेशनमा गुटगत राजनीति हाबी

नेपाली कांग्रेसको पालिका अधिवेशनअन्तर्गत धनुषामा आज १८ वटै पालिकामा अधिवेशन हुन लागेको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

जनकपुरधाम- नेपाली कांग्रेसको पालिका अधिवेशनअन्तर्गत धनुषामा आज १८ वटै पालिकामा अधिवेशन हुन लागेको छ। शुक्रबार नै हुने भनिएको पालिका अधिवेशन तयारी पूरा नभएको भन्दै सारिएकोमा आज हुन लागेको हो। कांग्रेस धनुषामा गुटगत राजनीति हाबी भएकाले सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल हुने देखिएको छ। 

पालिका स्तरीय मतदाताको नामावलीको प्राविधिक कार्य पूरा भइसकेको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए। 

पालिका अधिवेशनअन्तर्गत धनुषामा सबैको ध्यान जनकपुरधाम उपमहानगरपालिकामा केन्द्रित छ। जनकपुरधामको नगरसभापतिका लागि तीन जना उम्मेदवार चुनावी मैदानमा छन्।

नगरसभापतिका लागि जनकपुरधाममा वर्तमान नगर सभापति मनोज साह, तरुण दल धनुषाका उपाध्यक्ष राकेश विक्रम साह र सञ्जीव साह रहेका छन्। तीनै जना उम्मेदवार कांग्रेस उपसभापति विमलेन्द्र निधि नजिकका मानिन्छन्। 

त्यस्तै क्षीरेश्वनाथ नगरपालिकामा जगदीश यादव र लालबाबु यादव चुनावी प्रतिस्पर्धामा छन्। जगदीश निधि नजिकका छन् भने लालबाबु पूर्व मन्त्री महेन्द्र यादव नजिकका मानिन्छन्।

धनुषाधाम नगरपालिकाको नगरसभापतिका लागि श्याम महतो र ठक्कर यादवले प्रतिस्पर्धामा छन्। दुवै जना नेता आनन्द ढुंगाना नजिकका छन्। 

शहीदनगर नगरपालिकाको पालिका अधिवेशनमा सभापतिका लागि तेजीलाल यादव र पुष्करदेव मण्डलले तयारी गरेका छन्। दुवै उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेल नजिकका मानिन्छन्। 

बटेश्वर गाउँपालिकामा रामअशिष महतो र रामचन्द्र महतोले सभापतिका लागि चुनावी मैदानमा छन्। रामअशिष महेन्द्र यादव नजिकका हुन भने रामचन्द्र निधि नजिकका नेता मानिन्छन्। त्यस्तै हंसपुर नगरपालिकामा पालिका सभापतिमा सर्वसम्मत गर्ने प्रयास भइरहेको छ।

प्रकाशित: Nov 21, 2021| 09:45 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...