सरकारले खरिद गरेको रेल सेट थन्किएको ८ महिनापछि पनि रेल गुडाउने मितिका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव अनुत्तरित देखिएकी छिन्।
सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मन्त्रालयको भागबन्डा नटुङ्गाएसम्म कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई विश्वासको मत नदिने अडान राखेका छन्।
निर्वाचन समितिका सदस्य बाबुराम दाहालका अनुसार ओलीले १८४० मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२० मत पाएका छन्। ३६ जनाले नो भोटमा मतदान गरेका थिए।
नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत आज मंगलबार भएको निर्वाचनमा उपाध्यक्षकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र सचिवका उम्मेदवार गोकर्ण विष्टले बराबर मत ल्याएका छन्।
यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकी प्रदेशलाई सुदूरपश्चिम प्रदेशले चार विकेटले हराएको छ।
मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले जम्मा जम्मा ७२५ मत मात्रै पाए। अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएसँगै उनी उपाध्यक्ष पदमा पराजित भएका हुन्।
जलवायु परिवर्तनसँग सुहाउँदो सहरी विकास परियोजना कार्यक्रम सार्वजनिक गर्दै मन्त्री झाँक्रीले मंगलबार सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने बेला आएको बताएकी हुन्। उनले ग्लोबल प्लेटफर्ममा...
पार्टीको सबै कमिटीमा प्रजातान्त्रिक अभ्यास हुन नसकेको उल्लेख गर्दै उनले तल्लो तहदेखि केन्द्रसम्म पार्टीलाई विधिसम्मत् रुपमा चलाउनुपर्नेमा जोड दिएका छन्।