आइतबार, चैत ३, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • रेल सेट थन्किएको आठ महिनापछि मन्त्री यादवले भनिन् - दुई देशका प्रधानमन्त्रीबाट उद्घाटन गराउँछौं

रेल सेट थन्किएको आठ महिनापछि मन्त्री यादवले भनिन् - दुई देशका प्रधानमन्त्रीबाट उद्घाटन गराउँछौं

सरकारले खरिद गरेको रेल सेट थन्किएको ८ महिनापछि पनि रेल गुडाउने मितिका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव अनुत्तरित देखिएकी छिन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

जनकपुरधाम– सरकारले खरिद गरेको रेल सेट थन्किएको ८ महिनापछि पनि रेल गुडाउने मितिका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव अनुत्तरित देखिएकी छिन्।

health

जनकपुरधामस्थित रेल्वे ट्रयाक निरीक्षणका लागि पुगेकी मन्त्री यादवलाई सञ्चारकर्मीहरुले रेल कहिले गुड्छ भनेर सोधेका थिए। जवाफमा उनले रेल यही मितिमा गुड्छ ठ्याक्कै भन्न नसकिने मन्त्री यादवले बताइन्। यद्यपि यही वर्षभित्रै नेपालीहरुले आफ्नै भूमिमा रेल चढ्न पाउने उनले दाबी गरिन्।

नेपाल सरकारले खरिद गरेको दुई सेट रेल कर्मचारी र कानुन अभाव लगायतका कारणले झण्डै ८ महिनादेखि थन्काएर राखिएको अवस्थामा मन्त्री यादवले यसै वर्षभित्र रेल सञ्चालनमा आउने दावी गरेकी हुन्।

उनले कानृन अभावका कारण रेल सञ्चालनमा आउन नसके पनि सबै प्रक्रिया पूरा गरेर यसै वर्षभित्र रेल सञ्चालनमा आउने बताएकी छन्। मन्त्री यादवले रेल गुडाउने सम्पूर्ण तयारी पूरा गरे यही वर्ष दुई देशको प्रधानमन्त्रीबाट यसको उद्घाटन गराइने जानकारी दिइन्। उनले भनिन्, ‘रेल गुडाउने गृहकार्यमा हामी लागिसकेका छौँ, तयारी पूरा भए लगत्तै दुई देशको प्रधानमन्त्रीबाट उद्घाटन गराउने छौँ, चाहे भर्चुअल नै किन नहोस्।’

मंगलबार जयनगर–जनकपुरधाम रेल्वेको ट्रयाक निरीक्षण गर्दै मन्त्री यादवले ३५ किलोमिटर रेल सञ्चालनमा ल्याउने तयारी गरिरहेको र यसका लागि कर्मचारीको व्यवस्था गर्न लागेको समेत बताइन्। उनले भारतीय सीमा जयनगरदेखि जनकपुरधामको कुर्थासम्म चल्ने रेल सञ्चालनका लागि सम्पूर्ण प्राविधिक तयारी पूरा भइसकेको जानकारी दिइन्। 

साथै उनले रेल लिक महोत्तरीको बर्दिवाससम्म जोड्ने र पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि त्यहाँ रेल्वे सवस्टेशन निर्माण गर्ने आफूहरुको लक्ष्य रहेको बताइन्। रेल्वे सञ्चालनका लागि अध्यादेश निर्माण भइसकेको र चाँडै नै सदनमा पेश गरिने मन्त्री यादवको दावी छ। 

मन्त्रीसँगै पुगेका रेल्वेका महाप्रवन्धक निरञ्जन झाले १ हजार २ सय ५४ करोड रुपैयाँको लागतमा निर्माण गरिने भनिएको जयनगर–बर्दिबास सडक खण्डमध्ये ६२३ करोड लागतमा निर्माण गरिएको जयनगर–कुर्था रेलमार्ग भारत सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जानकारी दिए। 

उनले रेल सञ्चालन सम्बन्धी कार्यविधि तयार भइसके पनि कर्मचारी व्यवस्थापन, कानुन र भाडादर निर्धारण गर्ने काम बाँकी रहेकोले ती सबै प्रक्रियाहरु चाँडै पूरा गरिने दावी गरे। महाप्रवन्धक झाले भने, ‘हामीले भारतीय कम्पनी केआरसिएललाई इनर्वामा विगत ८ महिनादेखि थन्काएर राखिएको रेलसेटको प्राविधिक जाँचका लागि पत्राचार गरिसकेका छौं। केआरसिएलले प्राविधिक रिपोर्ट तयार पारेर हामीलाई जिम्मा लगाएपछि मात्रै रेल गुडाउने मिति सम्बन्धमा औपचारिक जानकारी दिन सक्छौं।’

जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेकाले नेपाल सरकारले गत वर्ष नै रेल सेट खरिद गरिसकेको थियो। गत असोज २ गते नेपाल सरकारले खरिद गरेको दुई सेट रेल आए पनि चल्न नसकेपछि हाल धनुषाको जनकनन्दिनी गाउँपालिकास्थित इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा रेल राखिएको छ।

प्रकाशित: Nov 30, 2021| 16:57 मंगलबार, मंसिर १४, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।