आइतबार, असार २१, २०८३

आईपीएलका यी ७ टिमले क्लबमै राखे हाइ प्रोफाइल खेलाडी

महेन्द्र सिंह धोनी, विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह, सुनिल नायर, आन्द्रे रसेललगायत खेलाडीलाई क्लबले अक्सनमा नपठाउने भएका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं– महेन्द्र सिंह धोनी, विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह, सुनिल नायर, आन्द्रे रसेललगायत खेलाडीलाई क्लबले अक्सनमा नपठाउने भएका छन्। आउँदो सिजन आईपीएलमा अब १० क्लब हुनेछन्। त्यसैले क्लबले अहिलेका पूरै खेलाडी राख्न पाउने छैनन्। खेलाडी रिलिज र रिटेन गर्ने अन्तिम मिति नोभेम्बर ३० (आज) राति सम्म रहेको छ।

इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले हरेक टिमलाई चार खेलाडी मात्र रिटेन गर्नसक्ने नियम ल्याएपछि क्लबले आफ्नो हाइप्रोफाइल खेलाडीलाई कामय राख्दै बाँकीलाई हटाएको हो। अहिलेसम्म सबै क्लबले कुनकुन खेलाडी क्लबमा राख्ने र कुनकुनलाई हटाउने भन्ने निर्णय गरेको छैन। तर चेन्नई, कोलकत्ता, हैदराबाद, मुम्बई, बैंगलोर, दिल्ली र राजस्थानले भने खेलाडी रिटेन गरिसकेका छन्।

चेन्नईले रविन्द्र जाडेजा, धोनी, रितुजार गायक्वड र मोइन अलीलाई क्लबमै राख्ने भएको छ। त्यस्तै कोलकत्ताले सुनिल नायर, आन्द्रे रसेल, वरुण चक्रवर्ति र वेंकटेस अयरलाई क्लबमै राख्ने भएको हो। हैदराबादले केन विलियम्सन राख्ने छ भने मुम्बईले रोहित शर्मासहित जसप्रित बुमराहलाई पनि क्लबमै राखेको छ।

त्यस्तै बैंगलोरले विराट कोहली र ग्लेन माक्सवेललाई क्लबमै राख्ने भएको छ भने दिल्लीले ऋषभ पन्त, पृथ्वी श, अक्षर पटेल र एनरिच नोर्कियालाई क्लबमै राख्नेछ। यता राजस्थानले भने सन्जु समसनको नाम मात्र राख्ने भएको छ।

अब क्लबले खेलाडी रिटेन गरेवापत अक्सनमा पाएको रकममध्ये ४२ करोड खर्च भएको मानिने छ। आउँदो सिजनका लागि अब नयाँ अक्सन हुनेछन्। सो अक्सनमा हरेक टिमले ९० करोड भारतीय रकम खर्च गर्न पाउनेछन्।

चार खेलाडी रिटेन गर्ने टिमले ४२ करोड पकेट मनी गुमाउनेछ। आउँदो सिजनको आईपीएलमा साविक टिसबाहेक लखनौँ र अहमदाबाद थपिएका छन्। यि दुई टिमले चाहिँ आफूलाई मन परेका तीन खेलाडी अक्सनअघि नै क्लबमा भित्र्याउन पाउनेछन्। 

नयाँ टिससहितको मेगा अक्सन अब जनवरीमा हुनेछ। यद्यपी बिसिसिआईले मेगा अक्सनको मिति भने घोषणा गरिसकेको छैन। सन् २०१८ पछि लगातार तीन सिजन आईपीएल खेलेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने पछिल्लो अक्सनबाट बाहिरिएका थिए।


प्रकाशित: Nov 30, 2021| 15:57 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।