काठमाडौं– नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले फराकिलो मतान्तरले अग्रता लिएका छन्। जारी मतगणनामा हालसम्म १५ सयभन्दा धेरै मत गन्दा अध्यक्षका उम्मेद्वार ओलीले १३५३ मत ल्याएका छन् भने भीम रावलले १६० मत पाएका छन्।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।
मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन्।