काठमाडौं– यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकी प्रदेशलाई सुदूरपश्चिम प्रदेशले चार विकेटले हराएको छ।
टस हारेर ब्याटिङको निम्ता पाएको गण्डकीले ४९ ओभर खेल्दै पूरा विकेट गुमाएर २०९ रन बनाएको थियो। जवाफमा चार बल बाँकी रहँदै सुदूरपश्चिमले छ विकेट गुमाएर २१० रनलको लक्ष्य १२१ रन बनाएर पूरा गर्यो।
सुदूरपश्चिमलाई जित दिलाउन अर्जुन साउदले ६८ रन बनाए। उनले ७९ बलमा दुई छक्का र छ चौकासहित ६८ रन बनाएका हुन्। खेलमा डम्बर अर्यालले ४० र राहुल भण्डारीले अविजित ४२ रन बनाए।
त्यसक्रममा गण्ढकीका सुवास भण्डारीले तीन, सुदीप अर्यालले दुई र अर्जुन कुमालले एक विकेट लिए। त्यसअघि खेलको पहिलो पारीमा गण्डकीका दीपक डुम्रेले ५६ रन बनाए भने उत्सव श्रेष्ठले ४० रन जोडे। सुदूरपश्चिमका कैलाश ऐरीले तीन विकेट लिँदा आकाश चन्द र गजेन्द्र बोहराले समान २–२ विकेट गिराए।