काठमाडौं– नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत आज मंगलबार भएको निर्वाचनमा उपाध्यक्षकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र सचिवका उम्मेदवार गोकर्ण विष्टले बराबर मत ल्याएका छन्।
दुवैले १ हजार ९७६ मत ल्याएका हुन्। शाक्य उपाध्यक्षमा र विष्ट सचिवमा निर्वाचित पनि भएका छन्।
पदाधिकारीमध्ये सचिव पदमा विष्टले सबैभन्दा बढी मत पाए। सचिवमा विजयी योगेश भट्टराईले १९६४, पद्मा अर्यालले १८००, छबिलाल विश्वकर्माले १८००, लेखराज भट्टले १७०४, टोपबहादुर रायामाझीले १७०० र रघुबीर महासेठले १५१३ मत ल्याए।
पराजित भएका भीम प्रसाद आचार्यले १३०० र टंकप्रसाद कार्कीले ५०० मत ल्याए।
उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२५, सुवास नेम्बाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा बादलले १७६८ मत ल्याए। पराजित भएका घनश्याम भुसालले ७२५ मत पाए।