बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, सबैभन्दा धेरै मत अष्टलक्ष्मी शाक्यलाई

एमाले उपाध्यक्षमा घनश्याम भुसाल पराजित, सबैभन्दा धेरै मत अष्टलक्ष्मी शाक्यलाई

मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले जम्मा जम्मा ७२५ मत मात्रै पाए। अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएसँगै उनी उपाध्यक्ष पदमा पराजित भएका हुन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

चितवन-  घनश्याम भुसाल नेकपा एमालेको दसौं महाधिवेशनबाट उपाध्यक्षमा पराजित भएका छन्।

मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा भुसालले जम्मा जम्मा ७२५ मत मात्रै पाए। अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएसँगै उनी उपाध्यक्ष पदमा पराजित भएका हुन्।  

उपाध्यक्षमा सबैभन्दा धेरै अष्टलक्ष्मी शाक्यले मत पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन्। शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन्।

विष्णु पौडेलले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र बादलले १७६८ मत पाएका छन्।

प्रकाशित: Nov 30, 2021| 15:55 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...