शनिबार, चैत ११, २०७९

चुनावको माहोल सुरु भइसक्यो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावको माहोल सुरु भइसकेको बताएका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

बुटवल– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावको माहोल सुरु भइसकेको बताएका छन्।

National life insurance

सवारी दुर्घटनामा परी मृत्यु भएका माओवादी नेता रामप्रसाद बन्जाडेको श्रद्धाञ्जली सभालाई मंगलबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले दलहरु महाविधेशन र राष्ट्रिय सम्मेलन गरेर त्यस अभियानमा सामेल भएको बताएका हुन्।

 ‘सबै राजनीतिक दलहरु महाधिवेशन र सम्मेलनको तयारीमा छन्। यो आउने चुनावको तयारी जस्तो पनि छ,’  प्रचण्डले भने। उनले देशलाई राजनीतिक स्थायित्व र समाजवाद उन्मुखतर्फ समाजलाई लैजानका लागि चुनाव केन्द्रीत हुनुपर्ने बताए। उनले नेपालको संविधान समावेशी समानुपातिक मान्यतालाई साँचो अर्थमा लागू गर्नमा प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। उनले 

 आफ्नो पार्टीले पनि त्यसको तयारी गरिरहेको बताए। उनले स्वर्गिय बन्जाडे जनयुद्ध मार्फत निरंकुशता र परिवर्तनका निम्ति लडेको स्मरण गरे। सहिद पार्क बनाउने कामलाई जिल्ला, प्रदेश र केन्द्रबाट सहयोग गर्ने प्रचण्डले प्रतिवद्धता जनाएका छन्। नेकपा माओवादी केन्द्रका नेता तथा रुपन्देही इन्चार्ज बन्जाडेको सात दिनअघि दुर्घटनामा परि मृत्यु भएको थियो।

प्रकाशित: Nov 30, 2021| 05:05. 26 मंगलबार, मंसिर १४, २०७८

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।