बिहीबार, भदौ ४, २०८३

बार आन्दोलन झन् शिथिल

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनको आन्दोलन झन् शिथिल बनेको छ।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एसोसिएसनको आन्दोलन झन् शिथिल बनेको छ। बार आन्दोलन शिथिल बनेपछि र प्रधानन्यायाधीश टसको मस नभएपछि बार आन्दोलन शिथिल  बनेको हो। 

आन्दोलन शिथिल बनेपछि बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारका सबै ईकाइलाई परिपत्र गर्दै कालोपट्टी बाँधेर आन्दोलन जारी राख्न तर न्यायिक सम्पादनका काममा फर्कन आग्रह गरेका छन्। कुनै बेला सर्वोच्च अदालतमा हुने न्याय सम्पादनका सबै काम रोकेर आन्दोलनमा होमिएको बार आन्दोलन शिथिल बनेपछि अब कालोपट्टीमा मात्र सीमित भएको हो। 

'कालोपट्टी बाँधी दैनिक एक घण्टा धर्ना गरी बाँकी समयमा व्यवसाय गर्न, गराउन सम्पूर्ण एकाईहरुलाई लेखी पठाउने भनी नेबाएबाट मिति २०७८ मङ्सिर १३ मा निर्णय भएकोले सो बमोजिम गर्न, गराउनु हुन हार्दिक अनुरोध गरिन्छ,' बारले सबै इकाइलाई सम्बोधन गरी लेखेको पत्रमा उल्लेख छ। यसबाट प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न नदिने आन्दोलनका कार्यक्रम गरेको बार आन्दोलन शिथिल बनेको प्रष्ट भएको हो। 

यद्यपि बारले पूर्व प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै पाईएकोले तत्काल जिल्ला, उच्च तथा विशेष अदालत नियमावली संशोधन गरी गोला प्रणाली लागू गर्ने, गराउने व्यवस्था मिलाउन सर्वोच्च अदालत फूलकोर्टसँग जोडदार माग समेत गरेको छ। 

प्रकाशित: Nov 30, 2021| 15:29 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...