बिहीबार, वैशाख २०, २०८१

यस्तो बन्यो ओलीको टिम

निर्वाचन समितिका सदस्य बाबुराम दाहालका अनुसार ओलीले १८४० मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२० मत पाएका छन्। ३६ जनाले नो भोटमा मतदान गरेका थिए।
 |  मंगलबार, मंसिर १४, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं- नेकपा एमालेको चितवन महाधिवेशनले केपी शर्मा ओलीलाई पुनः ५ वर्षका लागि एमालेको नेतृत्वमा स्थापित गरेको छ। सर्वसहमतिबाट अध्यक्ष हुने प्रयत्नमा रहेका ओलीको इच्छामा भीम रावल बाधक भएसँगै उनी निर्वाचन लड्न बाध्य भएका थिए। मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाम अनुसार उनी रावललाई १६२० मतान्तरले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन्। 

triton college

निर्वाचन समितिका सदस्य बाबुराम दाहालका अनुसार ओलीले १८४०  मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२० मत पाएका छन्। ३६ जनाले नो भोटमा मतदान गरेका थिए। रावललाई फराकिलो मतान्तरले पराजित गरेसँगै पुनः एमालेको बागडोर थप ५ वर्ष ओलीले नै सम्हाल्ने भएका छन्। यसअघि नवौं महाधिवेशनमा माधव कुमार नेपाललाई पराजित गर्दै ओलीले पहिलो पटक २०७१ मा अध्यक्ष भएका थिए। रावल भने नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा विजयी भएका थिए।  

यस्तै चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट उपाध्यक्ष पदमा ओलीले प्रस्ताव गरेका नेताहरु नै निर्वाचित भएका छन्। अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास नेम्वाङ, युवराज ज्ञवाली र रामबहादुर थापा बादल उपाध्यक्ष पदमा विजयी भएका हुन्। 

घनश्याम भुसाल भने उपाध्यक्ष पदमा पराजित भएका छन्। मंगलबार दिउँसो सार्वजनिक भएको मतपरिणाममा अरू ६ जना उम्मेदवारभन्दा कम मत पाएसँगै उनी उपाध्यक्ष पदमा पराजित भएका हुन्। भुसालले जम्मा ७२५ मत मात्रै पाएका छन्। 

उपाध्यक्षमा सबैभन्दा धेरै मत अष्टलक्ष्मी शाक्यले पाएकी छन् भने दोस्रोमा सुरेन्द्र पाण्डेले रहेका छन्। शाक्यले १९७६ मत ल्याएकी छन् भने पाण्डेले १९२५ मत ल्याएका छन्। सुवास नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापा बादलले १७६८ मत पाएका छन्।

corrent noodles
Metro Mart

यस्तै सचिव पदमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन्। उनीहरु सबैजना अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका नेता हुन्। छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पराजित भएका छन्। 

सचिव पदमा विजयी गोकर्ण विष्टले सर्वाधिक मत पाएका छन्। उनको पक्षमा १९७६ मत परेको छ। योगेश भट्टराईले १९६४, छविलाल विश्वकर्मा र पद्मा अर्याले भने समान १८०० मत पाएका छन्। लेखराज भट्टले १७०४, टोपबहादुर रायमाझीले १७०० र रघुवीर महासेठले १५१३ मत पाएका छन्। पराजित भीम आचार्यले भने १३०० र टंक कार्कीले भने ५०० मत ल्याएका छन्। 

नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवगरी ५ जना पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका हुन्। वरिष्ठ उपाध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित भएका हुन्। ईश्वर पोखरेल यसअघि दुई पटक महासचिव भइसकेका छन्। 

यस्तै महासचिव पदमा शंकर पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन्। अरु कसैको उम्मेदवारी नपरेपछि उनी पनि स्वत महासचिव पदमा निर्वाचित भएका हुन्। शंखर पोखरेल नवौं महाधिवेशनमा उपमहासचिव पदमा पराजित भएका थिए। तर, अध्यक्ष ओलीले उनलाई पराजित भएको पदभन्दा एक तह बढुवा गरेर महासचिव पदको जिम्मेवारी दिने प्रस्ताव गरेका थिए। आइतबार राति महाधिवेशनको बन्द सत्रमा ओलीले गरेको प्रस्ताव बमोजिम पोखरेलको विरुद्धमा कसैले उम्मेदवारी नदिएपछि उनी निर्विरोध महासचिव भएका हुन्। 

त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित भएका छन्। मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी परेन। जसका काण उनीहरु पनि निर्विरोध निर्वाचित भएका हुन्। 

प्रकाशित: Nov 30, 2021| 16:49 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...