धनगढी– अछाममा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
मंगलसेनबाट धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको यात्रुबाहक बस कैलाश खोला नजिक दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
दुर्घटनामा दुई जनाको मृत्यु भएको र उनीहरुको पहिचान खुल्न नसकेको कार्यालयले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।