बुधबार, साउन ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एकैदिन तोलामा ५४ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

एकैदिन तोलामा ५४ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

 |  बुधबार, साउन ६, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, साउन ६, २०८३

काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु ११० ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ४८० निर्धारण भएको छ। 

हिजो प्रतितोला छापावाल सुनको मूल्य रु दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु चार हजार ३७० निर्धारण भएको थियो। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 
 

प्रकाशित: Jul 22, 2026| 12:03 बुधबार, साउन ६, २०८३
प्रतिक्रिया दिनुहोस्