आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बलर चम्किएको खेलमा बागमतीले कर्णालीमाथि निकाल्यो संघर्षपूर्ण जित

बलर चम्किएको खेलमा बागमतीले कर्णालीमाथि निकाल्यो संघर्षपूर्ण जित

यू १९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा बागमतीले कर्णाली प्रदेशलाई हराएको छ।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

काठमाडौं– यू १९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा बागमतीले कर्णाली प्रदेशलाई हराएको छ। मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले १८१ बल बाँकी रहँदा ७९ रनको लक्ष्य ८२ रन बनाएर पूरा गरेको हो।

त्यसक्रममा बागमतीले ९ विकेट गुमायो। खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २७ ओभर एक बल खेल्दै सम्पूर्ण विकेट गुमाएर ७८ रन बनाएको थियो। जवाफमा बागमतीले १९ ओभर पाँच बल खेल्दै लक्ष्य पूरा गर्यो।

बागमतीको जितका लागि विवेक मगरले सर्वाधिक १८ रन बनाए। त्यस्तै कृष कार्कीले १२ र उत्तम मगरले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। ११ रन अतिरिक्त प्रदान गरेको कर्णालीका अनुज चुनराले ५ विकेट गिराए भने प्रकाश जैसी, युनिस सिंह र सुवास अयरले समान १–१ विकेट लिए।

त्यसअघि कर्णालीका निश्चल रावलले १५ र सन्दीप साहीले १४ रन बनाएका थिए। पहिलो पारीमा गौतम केसी, विशाल यादव, कृष कार्की र विपुल खनालले क्रमशः ४, ३, २ र १ विकेट गिराए।

प्रकाशित: Nov 30, 2021| 14:31 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।