सोमबार, मंसिर १०, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कर्णालीमा माओवादी र समाजवादीको अडान– पहिले मन्त्रालयको भागबन्डा अनिमात्रै मुख्यमन्त्रीलाई विश्वासको मत

Siddartha premir insuranceSiddartha premir insurance

कर्णालीमा माओवादी र समाजवादीको अडान– पहिले मन्त्रालयको भागबन्डा अनिमात्रै मुख्यमन्त्रीलाई विश्वासको मत

सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मन्त्रालयको भागबन्डा नटुङ्गाएसम्म कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई विश्वासको मत नदिने अडान राखेका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

सुर्खेत– सत्तारुढ दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मन्त्रालयको भागबन्डा नटुङ्गाएसम्म कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई विश्वासको मत नदिने अडान राखेका छन्।

triton college

‘उहाँ (मुख्यमन्त्री)ले गठबन्धनलाई अप्ठेरोमा पारेर आफू सुरक्षित हुने खोज्नु भएको थियो,’ सत्तारुढ दलका एक सांसदले भने, ‘अब मन्त्रालयको टुङ्गो लागेपछि मात्रै विश्वासको दिन्छौँ भनेपछि भोलिमात्रै विश्वासको मत लिने सहमति भएको छ ।’

माओवादी र समाजवादीको अडानका कारण मुख्यमन्त्रीले आज नै मन्त्रालय भागबन्डा टुङ्गो लगाउने तयारी थालेको ती सांसदले जनाए। ‘मुख्यमन्त्रीले आज साँझसम्म सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने भन्नु भएको छ,’ ती सांसदले भने, ‘मन्त्रालयको भागबन्डा टुङ्गाएपछि मात्रै विश्वासको मत पाउनुहुन्छ।’ सत्तारुढ दलहरुलाई मनाउन मुख्यमन्त्रीले मन्त्रालयको भागबन्डा र सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने ती सांसदले बताए। ‘क्याविनेट पूर्ण त हुने स्थिति त छैन तर दुई तीन जना साथीहरु मन्त्री बन्नुहुन्छ,’ उनले भने, ‘हामीहरु त्यसकै छलफलमा जुटेका छौँ।’

मन्त्रालयको भागबन्डा नटुङ्गिए पनि एक दुई वटा शक्तिशाली मन्त्रालयको टुङ्गो लगाउने ती सांसदले बताए। माओवादी र समाजवादीले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा कानून मन्त्रालयको कसले पाउने भनेर टुङ्गो लगाउनुपर्ने अडान राखेका छन्।

यता माओवादी केन्द्र संसदीय दलका सचेतक ठम्मर विष्टले पनि आज माओवादीले केही सांसदलाई सरकारमा पठाउने तयारी भएको बताए। ‘हाम्रो पार्टीबाट आज नै एक दुई जना साथीहरु मन्त्री बन्नुहुन्छ,’ विष्टले भने, ‘मन्त्रिपरिषद् विस्तार भयो भने मुख्यमन्त्रीलाई विश्वासको मत दिन सहज हुन्छ ।’

Metro Mart
vianet

माओवादीले सरकारमा सहभागी भएको खण्डमा विन्दमान विष्ट मन्त्री बन्न सक्ने बलियो सम्भावना छ। उनी गएको बैशाख ४ गते पनि मन्त्रीमा नियुक्त भएका थिए। तर दलहरुबीच भागबन्डा नमिलेपछि सपथ लिन पाएका थिएनन्।

पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ताको नेतृत्व हस्तान्तरण गरेपछि कांग्रेस संसदीय दलका नेता शाही कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर नियुक्त भएको २९ दिनसम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन।

प्रकाशित: Nov 30, 2021| 16:50 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।