बिहीबार, भदौ ४, २०८३

ओलीले ८३२ मत ल्याउँदा रावलका पक्षमा ९३

माले अध्यक्षको लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले भारी मतका साथ अग्रता लिएका छन्।
 |  मंगलबार, मंसिर १४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १४, २०७८

चितवन– एमाले अध्यक्षको लागि भएको निर्वाचनमा केपी शर्मा ओलीले भारी मतका साथ अग्रता लिएका छन्। एमाले निर्वाचन आयोगका अनुसार ओलीले अर्का प्रत्यासी भीम रावललाई निकै पछाडि पारेका छन्। पछिल्लो नतिजाअनुसार ओलीले ८३२ मत ल्याउँदा रावलले ९३ मत ल्याएका छन्। 

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार पदाधिकारीतर्फ अध्यक्ष, उपाध्यक्ष र सचिवमा निर्वाचन भएको छ। यस्तै केन्द्रीय समितितर्फ खुला केन्द्रीय सदस्य, प्रदेश १ (भौगोलिक क्षेत्र) खुला, प्रदेश १ महिला, समावेशी क्षेत्रको दलित खुला, थारू खुला, पिछडिएको क्षेत्र र सुदूर प्रदेशको महिलातर्फ निर्वाचन भएको छ। अरू सबै पदमा सर्वसम्मत भएको थियो। अहिले मत गणना जारी छ।


प्रकाशित: Nov 30, 2021| 14:20 मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...