'हामीले हेरिसक्यौँ, पटक पटक हेरिसक्यौँ। निर्दलवादी शक्तिलाई पनि हेरिसक्यौँ, राजावादीलाई पनि हेरिसक्यौँ,' उनले भने, 'कांग्रेस बाहेक अरु कसैले पनि देशको स्थिरता र शान्तिका लागि काम गर्न सक्दैन।'
'कांग्रेसमा एकता नभए कम्युनिस्टसँग मुकाबिला गर्न सकिन्न। कम्युनिस्टहरू धेरै बलियो भएका छन्,' उनले भने, 'पार्टी छोडेर अर्कै पार्टीमा गएका नेताहरू र निस्क्रिय बनेका साथीहरूलाई पनि पार्टीमा फर्काउनुपर्ने छ।'
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब देश र पार्टीको नेतृत्वमा आउने पालो आफ्ना भाइबहिनी पुस्ताको मात्र नभएर छोराछोरीको पुस्ताको भएको बताएका छन्।
दिउँसो एक बजेका लागि तय भएको उद्घाटन सत्र करिब एक घण्टा ढिलो गरी सुरु भयो। कांग्रेसलाई शुभकामना दिन देशका सबैजसो राजनीतिक दलका शीर्ष नेतासहित छिमेक भारतबाट समेत केही पाहुना आएका...
'देश बनाउने कुरामा कांग्रेसको साथमा एमाले पनि छ,' ओलीले भनेका थिए। राजनीति आफ्ना रोटी सेकाउनका लागि नहुने उनको भनाइ थियो। राष्ट्र निर्माणका काममा एकसाथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
नेपाल कम्युनिस्ट पार्टीका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्तिवार्ताको पहिलो श्रेय नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवालाई नै जाने बताएका छन्।
'नेपालको राजनीतिमा संकेत राम्रो देखिरहेको छैन। बालो बादल मडारी रहेको छ। नदीको प्रवाह अगाडि बढिसकेको छ। अब त्यो पछाडि फर्केर जान सक्दैन। अब त्यस्तो दुस्साहस कसैले नगरुन्। त्यसो भए मेची...
प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका कारण ठाकुर नेतृत्वको पार्टी लोसपा गठनको बाटो खुलेको थियो। उक्त विषयलाई लोसपा अध्यक्ष ठाकुरले स्मरण गरेका हुन्।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्की र सुदूरपश्चिम प्रदेशसभा सदस्य दिव्येश्वरी शाहले नेपाली कांग्रेसको पदाधिकारीमा उम्मेदवारी दिने भएका छन्।
'मेरो गाउँको भाषामा पार्टीका नेता बोलाउदा कुन चाँहि चोर आएछ भन्छन्। हाम्रो अवस्था त्यो छ। नेतृत्व चयन गर्ने मात्रै नभएर हाम्रो छवि सुधार्ने प्रयत्न गरौं,' उनले आग्रह गरेका थिए।