बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सीपी मैनालीको प्रश्न– ब्यानरमा 'राष्ट्रियता' राख्ने कांग्रेसको ध्यान त्यसतर्फ किन जाँदैन?

सीपी मैनालीको प्रश्न– ब्यानरमा 'राष्ट्रियता' राख्ने कांग्रेसको ध्यान त्यसतर्फ किन जाँदैन?

नेकपा मालेका महासचिव सीपी मैनालीले न्यायपालिकाले कार्यपालिकासँग भाग माग्दा देश नै अप्ठ्यारोमा परेको बताएका छन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं– नेकपा मालेका महासचिव सीपी मैनालीले न्यायपालिकाले कार्यपालिकासँग भाग माग्दा देश नै अप्ठ्यारोमा परेको बताएका छन्।

शुक्रबार नेपाली कांग्रेसको चौधौं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै मैनालीले भने, ‘आज न्यायपालिकाले भाग मागेको छ, कार्यपालिकाले न्यायपालिकासँग साठगाँठ गरेको छ। यसले गर्दा व्यवस्था नै अप्ठ्यारोमा परेको छ।

उनले कांग्रेसको राष्ट्रियतामाथि पनि प्रश्न गरे। ‘ब्यानरमा राष्ट्रियता राख्ने कांग्रेसको ध्यान त्यसतर्फ किन जाँदैन? यस्तो चुनौतीका अगाडि कांग्रेसको महाधिवेशन भइरहेको छ, ध्यान त्यतापट्टि जाओस्,’ उनले भने, राष्ट्रियता, प्रजातन्त्रप्रति कांग्रेसको ध्यान जाओस्। २००७ र २०४६ मा लोकतन्त्र दुर्घटनामा पर्यो, अहिले सुधारेर ल्याउँदा फेरि दुर्घटनामा पर्दैछ। अध्यादेशबाट देश चल्छ,

संसद् चलिरहेको छैन। सरकार देशको अभिभावक पनि हो, अभिभावकले जनता र देशको हित गर्नुपर्छ।’ व्यवस्था परिवर्तन हुँदा पनि अवस्था परिवर्तन नभएको भन्दै उनले पार्टीका नेताहरूका अगाडि यही चुनौती रहेको बताए। 


प्रकाशित: Dec 10, 2021| 15:39 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...