बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशनमा ओलीले बोल्दाबोल्दै माइक गएपछि...

मञ्चमा पुगेर कुर्सीमा बसिसकेका ओली मुस्कुराउँदै फेरि मञ्चमा आए। हँसिलो पारामा पुनः स्पिकरको साउन्ड परीक्षण गरेर बोल्न थाले। अभिव्यक्ति टुंग्याए।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४ महाधिवेशन उद्घाटन समारोहलाई शुभकामना व्यक्त गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले। सुरुमा नै आफूले लामो समय नलिने बताएका ओलीले बोल्ने क्रम सकिएकै थिएन, बीचमा नै माइकको साउन्ड गयो।

माइकको साउन्ड गएपछि ओलीले केही बेर साउन्ड जाँच गरे स्पिकरमा औँलाले। तर साउन्ड आएन। यसपछि उनले आफूले बोल्ने पालो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएको भन्दै मञ्चमा गएर बसे। 

एकैछिनमा माइकमा साउन्ड आएको जानकारी कार्यक्रम सञ्चालन गरिरहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई दिइयो। शर्माले पूर्वप्रधानमन्त्री ओलीले बोल्दाबोल्दै माइक गएकाले बाँकी भनाइ राख्नका लागि ओलीलाई आग्रह गरे। 

मञ्चमा पुगेर कुर्सीमा बसिसकेका ओली मुस्कुराउँदै फेरि मञ्चमा आए। हँसिलो पारामा पुनः स्पिकरको साउन्ड परीक्षण गरेर बोल्न थाले। अभिव्यक्ति टुंग्याए। 

प्रकाशित: Dec 10, 2021| 16:45 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...