काठमाडौं- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले कांग्रेसमा एकता कायम गर्न नसके कम्युनिस्ट पार्टीहरूसँग मुकाबिला गर्न नसकिने बताएका छन्। कांग्रेस महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता गच्छदारले यस्तो बताएका हुन्।
'कांग्रेसमा एकता नभए कम्युनिस्टसँग मुकाबिला गर्न सकिन्न। कम्युनिस्टहरू धेरै बलियो भएका छन्,' उनले भने, 'पार्टी छोडेर अर्कै पार्टीमा गएका नेताहरू र निस्क्रिय बनेका साथीहरूलाई पनि पार्टीमा फर्काउनुपर्ने छ।'
सम्बोधनका क्रममा उनले नेपाली कांग्रेसका महाधिवेशनमा आफ्नो उपस्थितिबारे चर्चा गरेका थिए। उनी आफू पुनः आफ्नै घरमा फर्किएको समेत बताएका थिए।
मधेश आन्दोलनका बेला गच्छदार तत्कालीन मधेशी जनाधिकार फोरममा प्रवेश गरेका थिए। तर गत निर्वाचनभन्दा केही समयअघि उनले कांग्रेससँग एकता गरेका थिए।