मंगलबार, असार २४, २०८२

देश बनाउने कुरामा कांग्रेसका साथमा एमाले पनि छ : ओली

'देश बनाउने कुरामा कांग्रेसको साथमा एमाले पनि छ,' ओलीले भनेका थिए। राजनीति आफ्ना रोटी सेकाउनका लागि नहुने उनको भनाइ थियो। राष्ट्र निर्माणका काममा एकसाथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।
 |  शुक्रबार, मंसिर २४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

vianetvianet

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने विषयमा नेपाली कांग्रेसका साथमा एमाले पनि रहेको बताएका छन्। नेपाली कांग्रेसको १४ महाधिवेशन उद्घाटन समारोहलाई शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्। 

'देश बनाउने कुरामा कांग्रेसको साथमा एमाले पनि छ,' ओलीले भनेका थिए। राजनीति आफ्ना रोटी सेकाउनका लागि नहुने उनको भनाइ थियो। राष्ट्र निर्माणका काममा एकसाथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। 

माधव कुमार नेपाल नेतृत्वको नेकपा समाजवादी पार्टीतर्फ लक्षित गर्दै उनले केही दललाई भने कांग्रेसले औँला समाउन नदिए आफूहरूको राजनीतिक भविष्य के होला भन्ने चिन्ता रहेको बताएका थिए। 'केही साना दललाई कांग्रेसले औलो समाउन दिएन भने के होला भन्ने चिन्ता छ,' ओलीले भनेका थिए। 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनतर्फ लक्षित गर्दै ओलीले सबै नेता चोर हुन्छ भन्नु गलत भएको बताउँदै भर्खर अध्यक्ष छानिएको रापतापको संज्ञा मात्र दिएका छन्। लिङ्देनले राजनीतिमा इमान सकिएको भन्दै नेतालाई केही मानिसले चोर समेत भन्ने गरेकाले सुध्रनुपर्ने बताएका थिए। 'भर्खरको बाच्छो हिँड्न जान्दैन बढि कुद्छ,' उनले थपे, 'अली समयमा ठिक आउला।

कांग्रेस अरुका नीतिमा नभइ आफ्नो नितिमा अगाडि बढ्नका लागि उनले शुभकामना दिएका थिए।

ओलीले बोल्दाबोल्दै माइक गएपछि... 

नेपाली कांग्रेसको १४ महाधिवेशन उद्घाटन समारोहलाई शुभकामना व्यक्त गरिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले। सुरुमा नै आफूले लामो समय नलिने बताएका ओलीले बोल्ने क्रम सकिएकै थिएन, बीचमा नै स्पिकरको साउन्ड गयो। 

स्पिकरको साउन्ड गएपछि ओलीले केही बेर साउन्ड जाँच गरे स्पिकरमा औँलाले। तर साउन्ड आएन। यसपछि उनले आफूले बोल्ने पालो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दिएको भन्दै मञ्चमा गएर बसे। 

एकैछिनमा स्पिकरमा साउन्ड आयो। कार्यक्रम सञ्चालन गरिरहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री ओलीले बोल्दाबोल्दै माइक गएकाले उनका बाँकी भनाइ राख्नका लागि आग्रह गरे। 

मञ्चमा पुगेर कुर्सीमा बसिसकेका ओली मुस्कुराउँदै फेरि मञ्चमा आए। हँसिलो पारामा पुनः स्पिकरको साउन्ड परीक्षण गरेर बोल्न थाले। अभिव्यक्ति टुंग्याए। 

प्रकाशित: Dec 10, 2021| 16:56 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...