काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रजातान्त्रिक र संवैधानिक अंगलाई बलियो बनाउनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शुभकामना व्यक्त गर्दै यादवले यस्तो बताएका हुन्।
'विगतका कमिकमजोरी हटाएर अस्थिरता र अन्यौलताको अन्त्य गर्नुपर्छ। संवैधानिक र प्रजातान्त्रिक अंगलाई बलियो बनाउनुपर्छ,' यादवले भनेका थिए।
उनले नेपाली जनतामा व्याप्त असमानता गरिबी अन्त्य गर्दै पछडिएका वर्गका लागि समानता स्वतन्त्रता आथिक न्यायको अन्त्य गर्दै राज्यका सबै अंगमा समुदायगत जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने उनको भनाइ छ। 'यसले मात्रै लोकतन्त्रलाई बलियो बनाउने उनको भनाइ छ। सुशासन र आथिक समृद्धिको मूल ढोका यही हो,' उनले थपे, 'यसो गरे नेपाली जनताले फेरि आन्दोलन गर्नुपर्ने छैन।'
मधेशीको हितमा संविधान संशोधन गरी नागरिकताको समस्या समाधान गर्नुपर्ने उनको माग समेत थियो। पुराना सम्झौता कार्यान्वयन हुनुपर्ने र सबै समूदायको राष्ट्रिय पहिचान सुरक्षित गरेर नेपालको विशिष्ट पहिचान सुरक्षित गर्नुपर्ने उनको भनाइ थियो।