काठमाडौं– नेपाली कांग्रेसको १४ महाधिवेशनस्थल भृकुटीमण्डपमा तीनवटा एम्बुलेन्स तैनाथ राखिएका छन्। कांग्रेस महाधिवेशनस्थलमा राखिएको स्वास्थ्य शिविर अगाडि तीनवटा एम्बुलेन्स तैनाथ राखिएका हुन्।
स्वास्थ्य समितिका संयोजक मोहन बस्नेतले कुनै पनि मानिसलाई स्वास्थ्य समस्या भएर एम्बुलेन्स आवश्यक पर्ने हुनसक्ने भएकोले तैनाथी अवस्थामा राखिएको जानकारी दिए।
कांग्रेसको स्वास्थ्य शिविरमा कोरोना परीक्षणसमेत गरिँदै छ। कोरोनाको एन्टीजेन परीक्षण भइरहेको संयोजक बस्नेतले जानकारी दिए।