बिहीबार, भदौ ४, २०८३

कार्की र शाह निधिको प्यानलबाट पदाधिकारीमा उठ्ने

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्की र सुदूरपश्चिम प्रदेशसभा सदस्य दिव्येश्वरी शाहले नेपाली कांग्रेसको पदाधिकारीमा उम्मेदवारी दिने भएका छन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं– नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्की र सुदूरपश्चिम प्रदेशसभा सदस्य दिव्येश्वरी शाहले नेपाली कांग्रेसको पदाधिकारीमा उम्मेदवारी दिने भएका छन्।

आज शुक्रबार सुरु भएको कांग्रेसको १४ औं महाधिवेशनमा दुवैले सभापतिका उम्मेदवार विमलेन्द्र निधिको प्यानलबाट उम्मेदवारी दिन लागेका हुन्।

कार्की र शाहले कुन पदमा उम्मेदवारी दिने भन्ने निर्णय भने भइसकेको छैन। नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य रहेका कार्की तरुण दलका पूर्व महामन्त्री पनि हुन्। २०३० सालमा नेविसंघ धादिङको अध्यक्ष रहेका कार्की महाराजगञ्ज मेडिकल क्याम्पसका पूर्व स्ववियू सभापति र इकाई अध्यक्ष पनि हुन्।

कैलालीकी शाह भने २०४७ सालको मदिरा विरोधी आन्दोलनकी अभियन्तासमेत हुन्। शाह २०१५ सालका सांसद लोकेन्द्र शाहकी छोरी हुन् भने नेपाली कांग्रेस कैलालीका निवर्तमान सभापति नरनारायण शाहकी दिदी हुन्। उनी नेपाल महिला संघ कैलालीको संस्थापक अध्यक्षसमेत हुन्।

प्रकाशित: Dec 10, 2021| 15:59 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...