बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसबाहेक कसैले पनि देशको शान्ति र स्थिरताका लागि काम गर्दैनन् : निधि

कांग्रेसबाहेक कसैले पनि देशको शान्ति र स्थिरताका लागि काम गर्दैनन् : निधि

'हामीले हेरिसक्यौँ, पटक पटक हेरिसक्यौँ। निर्दलवादी शक्तिलाई पनि हेरिसक्यौँ, राजावादीलाई पनि हेरिसक्यौँ,' उनले भने, 'कांग्रेस बाहेक अरु कसैले पनि देशको स्थिरता र शान्तिका लागि काम गर्न सक्दैन।'
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निध‍िले कांग्रेस बाहेक अरु कुनै पनि दलले देशको शान्ति र स्थिरताका लागि काम नगर्ने बताएका छन्। कांग्रेस महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता निधिले यस्तो बताएका हुन्। 

'हामीले हेरिसक्यौँ, पटक पटक हेरिसक्यौँ। निर्दलवादी शक्तिलाई पनि हेरिसक्यौँ, राजावादीलाई पनि हेरिसक्यौँ,' उनले भने, 'कांग्रेस बाहेक अरु कसैले पनि देशको स्थिरता र शान्तिका लागि काम गर्न सक्दैन।'

उनले महाधिवेशन लगत्तै चुनावमा देश जाने भएकाले कांग्रेसले पनि एकताबद्ध भएर चुनावी तयारी थाल्नुपर्ने बताएका थिए। 

प्रकाशित: Dec 10, 2021| 18:15 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...