बिहीबार, भदौ ४, २०८३

महन्थले सम्झिए लोसपा गठनमा देउवाको सद्भाव

प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका कारण ठाकुर नेतृत्वको पार्टी लोसपा गठनको बाटो खुलेको थियो। उक्त विषयलाई लोसपा अध्यक्ष ठाकुरले स्मरण गरेका हुन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी महन्थ ठाकुरले आफू नेतृत्वको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी गठनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भूमिकालाई कांग्रेसकै महाधिवेशनमा स्मरण  गरेका छन्।

प्रधानमन्त्री देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका कारण ठाकुर नेतृत्वको पार्टी लोसपा गठनको बाटो खुलेको थियो। उक्त विषयलाई लोसपा अध्यक्ष ठाकुरले स्मरण गरेका हुन्। 

'अहिले तपाईंहरूको सद्भाव विशेष गरी प्रधानमन्त्रीजीको सद्भाव छ जो मेरो पार्टी तर्फ छ, मतर्फ छ त्यसको लागि म हार्दिक धन्यवाद दिन चाहन्छु, हाम्रो पार्टी धन्यवाद दिन चाहन्छ,' कांग्रेस महाधिवेशन सफलताको कामना गर्दै उनले भनेका थिए। 

सम्बोधनका क्रममा उनले नेपाली कांग्रेसको इतिहास पनि स्मरण गरेका थिए। 'नेपाली कांग्रेस प्रजातन्त्र ल्याएन संघर्षशील पार्टी हो। यिनका आदरणीय नेताहरू बीपी कोइराला, महेन्द्रनारायण निधि हुनुहुन्छ,' उनले भने, 'उहाँहरूको प्रेरक व्यक्तित्वले हामीलाई प्रेरित गरिरहेको छ। 

ठाकुरले लामो समय नेपाली कांग्रेसमा रहेर मधेश आन्दोलनका बेला नयाँ पार्टी गठन गरी मधेशकेन्द्रित राजनीतिक  यात्रा सुरु गरेका थिए। 

प्रकाशित: Dec 10, 2021| 16:02 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...