बिहीबार, भदौ ४, २०८३

शान्तिवार्ताको पहिलो श्रेय शेरबहादुर देउवालाई नै जान्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्तिवार्ताको पहिलो श्रेय नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवालाई नै जाने बताएका छन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शान्तिवार्ताको पहिलो श्रेय नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवालाई नै जाने बताएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'नेपालमा शान्तिवार्ता गर्ने पहिलो श्रेय वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै जान्छ,' उनले भनेका थिए, 'उहाँले नै पहिलो पटक मलाई पत्र लेख्नु भएको थियो। त्यसपछि विस्तारै पछि शान्त सम्झौता भएको थियो।'

राजनीतिक दल सत्तामा पुग्दा विचलित हुने गरेकाले यसको खोजी गर्न पनि उनले आग्रह गरेका थिए। 'किन सुशासन दिन सक्दैनन् किन भ्रष्टाचार रोक्न सक्दैनन्, किन सत्तामा पुग्दा विकृति र विसंगतीको लिप्सामा हुन्छन्? यसको खोजी गरौं मन्थन गरौं,' उनले भने। 

गिरिजा प्रसाद कोइरालालाई स्मरण गर्दै विस्तृत शान्ति सम्झौतामा आफूले हस्ताक्षर गर्दा आजको अवस्था आएको उनको भनाइ थियो। 

एकल पार्टी वा संयुक्त रुपमा सत्तामा जाँदा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न नसकिएकाले अब समिक्षा गर्नुपर्ने उनको भनाइ थियो। 

'म आफै गणतन्त्रपछिको ठूलो पार्टी भएर सत्तामा पुग्दा दभ्भ आउने र जनतासँगको सम्बन्ध टाढा हुने तितो अनुभव मैले गरेको छु,' उनले भनेका थिए। 

सत्तारुढ गठबन्धनप्रति लक्षित गर्दै उनले एक्लै हिड्नुपर्छ भन्ने अहंकार नगर्न उनले आग्रह गरेका थिए।

प्रकाशित: Dec 10, 2021| 16:29 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...