बिहीबार, भदौ ४, २०८३

कांग्रेस महाधिवेशनको उद्घाटन सत्र लगत्तै बन्द सत्र

कांग्रेसले बन्द सत्रमा पेस गर्नका लागि यसअघि तीन वटा प्रतिवेदन केन्द्रीय समितिबाट पारित गरिसकेको छ।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसको उद्घाटन सत्र सकिने बित्तिकै बन्द सत्र सुरु हुने भएको छ। नेपाली कांग्रेस उद्घाटन सत्रका क्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रम जारी रहेकै बेला प्रवक्ता विश्वप्रकाश शर्माले आजै बन्दसत्र सुरु हुने जानकारी गराएका हुन्। 

भोलिदेखि कांग्रेस नेतृत्व चयन गर्नका लागि निर्वाचन प्रक्रिया सुरु हुने भएकाले कांग्रेसले उद्घाटनकै दिन बन्द सत्रको कार्यक्रम राखेको हो। शनिबार बिहान १० बजेदेखि बेलुका ५ बजसेम्म उम्मदेवारको मनोनयन पत्र दर्ता गराउनुपर्नेछ।

कांग्रेसले बन्द सत्रमा पेस गर्नका लागि यसअघि तीन वटा प्रतिवेदन केन्द्रीय समितिबाट पारित गरिसकेको छ।यसअघि गरिएका विधान संशाेधन र निलम्बन भएका धारासम्बन्धीसमेत प्रतिवेदन पेस हुनेछ।

प्रकाशित: Dec 10, 2021| 17:04 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...