बिहीबार, भदौ ४, २०८३

पार्टी खोल्न पूर्वराजा ज्ञानेन्द्रलाई माधवकुमार नेपालको सुझाव

'नेपालको राजनीतिमा संकेत राम्रो देखिरहेको छैन। बालो बादल मडारी रहेको छ। नदीको प्रवाह अगाडि बढिसकेको छ। अब त्यो पछाडि फर्केर जान सक्दैन। अब त्यस्तो दुस्साहस कसैले नगरुन्। त्यसो भए मेची महाकाली जनताको विस्फोट हुने छन्,' उनले भने, 'पूर्वराजाले पार्टी खोल कि व्यापार गर। एउटा वंशको नेतृत्व स्वीकार्य छैन,' नेपालले भने।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोली राजनीति गर्न सुझाव दिएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

'नेपालको राजनीतिमा संकेत राम्रो देखिरहेको छैन। बालो बादल मडारी रहेको छ। नदीको प्रवाह अगाडि बढिसकेको छ। अब त्यो पछाडि फर्केर जान सक्दैन। अब त्यस्तो दुस्साहस कसैले नगरुन्।  त्यसो भए मेची महाकाली जनताको विस्फोट हुने छन्,' उनले भने, 'पूर्वराजाले पार्टी खोल कि व्यापार गर। एउटा वंशको नेतृत्व स्वीकार्य छैन,' नेपालले भने। 

आज भन्दा १६ वर्ष पहिले राष्ट्रिय महाधिवेशनमा भाग लिएको स्मरण गरेका उनले त्यसबेला कांग्रेसमा राजतन्त्रका विषयमा निर्णय गर्ने विषयमा बहस भइरहेको बताएका थिए। 

राजनीति र राज्य सत्तामा विकृति भएको बताएका उनले त्यसलाई हटाउनुपर्ने भएकाले टुलुटुलु हेर्न नमिल्ने बताएका थिए। 

कांग्रेससँग २०६२/६३ आन्दोलनमा हातेमालो गर्दै अगाडि बढेको पनि सम्झना गरेका थिए। आफूहरुका मुद्दा सामाजिक आर्थिक रुपान्तरणको काम बाँकी भएकाले अब त्यसमा काम गर्नुपर्ने उनको भनाइ थियो। 

प्रकाशित: Dec 10, 2021| 16:20 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...