बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • अब पालो मेरा भाइबहिनीको मात्रै होइन, छोराछोरीको आयो : कृष्णप्रसाद सिटौला

अब पालो मेरा भाइबहिनीको मात्रै होइन, छोराछोरीको आयो : कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब देश र पार्टीको नेतृत्वमा आउने पालो आफ्ना भाइबहिनी पुस्ताको मात्र नभएर छोराछोरीको पुस्ताको भएको बताएका छन्।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब देश र पार्टीको नेतृत्वमा आउने पालो आफ्ना भाइबहिनी पुस्ताको मात्र नभएर छोराछोरीको पुस्ताको भएको बताएका छन्। नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता सिटौलाले यस्तो बताएका हुन्। 

'विगत ५ वर्षमा मैले सम्पूर्ण युवामा केन्द्रित गरेको हो। पालो मेरा भाइबहिनीको होइन, अब पालो छोराछोरीहरूको हो,' नेता सिटौलाले थपे, 'मलाई खुशी लागेको छ। सबै वडादेखि नै नयाँ युवा आउनु भएको छ। महाधिवेशन प्रतिनिधि पनि युवा हुनुहुन्छ। युवाहरू अघि बढ्नुहोस् हामी सबैको सद्भाव छ।' उनले युवाहरू समाज र राष्ट्रका लागि भएको बताउँदै सारा युवालाई एक बनाउन पनि युवासँगै आग्रह गरेका थिए। युवाले पदका लागि नेतृत्व गर्ने चाहना नहोराखेर देश र जनताको भाग्य र भविष्य बदल्ने चाहना राख्नुपर्ने बताएका थिए। युवाका साथमा आफू सँधै रहेको उनको भनाइ थियो। 

उनले विगतमा पार्टीमा उतारचढाव आएको बताएका थिए। तर अब प्रतिस्पर्धाको परिणामपछि पार्टीलाई एकताबद्ध राख्न केन्द्रित हुनुपर्ने धारणा उनको थियो। 'विभाजित मानसिकतालाई पुर्नुपर्ने चुनौती छ। जेठभित्र चुनाव सम्भव छ। स्थानीय तहको निर्वाचन भएको ५ वर्ष पुगेको छ। अब धेरै टाढा छैन। 

यो ५ महिनाको अवधिमा मिलेर जानुपर्ने आवश्यकता हो। परिणामपछिको एकताको कुरा गर्नुपर्ने छ। पार्टीमा एकता कायम गर्न नसके परिणाम हासिल गर्न सकिन्न,' उनले भने। 

उनले लोकतन्त्र र संविधानमाथि पनि चुनौती थपिएको बताएका थिए। 'गत चुनावमा हामी हार्‍यौँ। नेकपाले जित्यो। तर टिक्न सकेन। सानो संख्यामा रहेको कांग्रेसले सरकार बनाउन सफल भएको छ। सरकारसँग धेरै अपेक्षा छैन। यो सरकार निर्वाचनसम्म पुगोस्। यति मात्रै अपेक्षा होस्। निर्वाचन निष्पक्ष होस्,' उनले भने।

कांग्रेसले आफैलाई सुधार गर्नुपर्ने आवश्यकता भएको र जनतालाई सेवा दिन र बलियो बनाउन कांग्रेसमा जोडिनुपर्ने बताएका थिए। 'निजी स्वार्थबाट माथि उठ्यौँ भने देश बनाउन सक्छौँ। सबै दललाई डोर्‍याउने जिम्मेवारी कांग्रेसमाथि छ। सुधार हामी आफैँबाट सुरु गर्नुपर्छ,' उनले भने। 

प्रकाशित: Dec 10, 2021| 17:43 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...