बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राजा ल्याऔँ, सांसदले मन्त्री हुन नपाउने व्यवस्था गरौँ : राजेन्द्र लिङ्देन

राजा ल्याऔँ, सांसदले मन्त्री हुन नपाउने व्यवस्था गरौँ : राजेन्द्र लिङ्देन

'मेरो गाउँको भाषामा पार्टीका नेता बोलाउदा कुन चाँहि चोर आएछ भन्छन्। हाम्रो अवस्था त्यो छ। नेतृत्व चयन गर्ने मात्रै नभएर हाम्रो छवि सुधार्ने प्रयत्न गरौं,' उनले आग्रह गरेका थिए।
 |  शुक्रबार, मंसिर २४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २४, २०७८

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रप्रमुखका रूपमा राजा ल्याउनुपर्ने र सांसदले मन्त्री बन्न नपाउने व्यवस्था गरेर अघि बढ्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। 'सांसदले मन्त्री हुन नपाउने व्यवस्था लागू गरेर जाऔँ,' उनले भने, 'अब राष्ट्रप्रमुखको रुपमा राजा ल्याऔँ। जनताबाट सोझै निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौँ।' 

देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिक बाहिर गएको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए। 'सरकार सरकार जस्तो छैन। सरकार सरकार जस्तो छैन। संसद संसद जसंतो छैन। अदालत अदालत जस्तो छैन। यसलाई ठिक लगाउने कसले? नेताले। तर आज नेताले पूर्ण विश्वास गुमाएको अवस्था छ,' उनले नेताहरूले इमान्दारिता कायम गर्न नसकेको बताएका थिए। 

'मेरो गाउँको भाषामा पार्टीका नेता बोलाउदा कुन चाँहि चोर आएछ भन्छन्। हाम्रो अवस्था त्यो छ। नेतृत्व चयन गर्ने मात्रै नभएर हाम्रो छवि सुधार्ने प्रयत्न गरौं,' उनले आग्रह गरेका थिए। 

२०४७ साल पछि कुनैं सरकारले पुरा कार्यकाल काम गर्न नसकेकाले आफूहरू चुकेको स्थान पत्ता लगाएर त्यसमा ध्यान दिनुपर्ने बताएका थिए। १४औं महाधिवेशनको सफलताको शुभकामना उनले व्यक्त गरेका थिए। 

प्रकाशित: Dec 10, 2021| 15:47 शुक्रबार, मंसिर २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...