यस्तै सोही दिन उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस परेकाले यी पर्व मनाउने समुदायका देशभरका कर्मचारीलाई पनि बिदा दिइने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पुस ५ गते आयोजना गर्ने विश्वविद्यालको ४७ औं दीक्षान्त समारोहमा पदक पाप्त गर्ने विद्यार्थीको अन्तिम नामावली प्रकाशन गरेको छ।
वरिष्ठ उपाध्यक्षमा दाबी पेश गरेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पाँचौं वरीयताको उपाध्यक्ष बनाइएको छ। उनले महाधिवेशनताका पार्टीमा अध्यक्ष ओलीबाहेक आफूभन्दा सिनियर कोही नरहेको बताएका थिए।
तर, प्रतिबन्धबीच जनपक्षीय उम्मेदवार बने र विरेन्द्रनगरको मेयरमा निर्वाचित भए, पूर्णबहादुर खड्का। प्रतिबन्धित राजनीतिक दलको व्यक्ति स्थानीय निकायको प्रमुख भएको पञ्चायतलाई मन परेन।
भ्याली भ्यु इंलिस स्कुल मध्य बानेश्वर काठमाडौंले विद्यार्थीहरूको प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको छ। यतिबेला भ्याली भ्युले ‘इन्टरनेट अफ थिङ्क्स’ नामक कार्यक्रम सञ्चालन गरिरहेको छ।
उपचारका लागि सर्वसाधारणलाई आफूलाई कमिसन दिने फार्मेसीमा औषधि किन्न बाध्य गराई हैरानी दिएको आरोपमा चार जना पक्राउ परेपछि औषधिउपचारमा पनि बिचौलिया प्रयोग भइरहेको तथ्य बाहिर आएको हो।
यसअघि बिहीबार कुल आठमध्ये तीन कलस्टरमा सहमहामन्त्रीको मतगणना भएको थियो। महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन्।
उनको दमक-७ स्थित घरमा लागू पदार्थ रहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीटोलीले मुन्नीलाई बिहीबार ६.५ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।