मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्यार्थीको प्रयोगात्मक शिक्षामा जोड दिँदै भ्याली भ्यु

विद्यार्थीको प्रयोगात्मक शिक्षामा जोड दिँदै भ्याली भ्यु

भ्याली भ्यु इंलिस स्कुल मध्य बानेश्वर काठमाडौंले विद्यार्थीहरूको प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको छ। यतिबेला भ्याली भ्युले ‘इन्टरनेट अफ थिङ्क्स’ नामक कार्यक्रम सञ्चालन गरिरहेको छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- भ्याली भ्यु इंलिस स्कुल मध्य बानेश्वर काठमाडौंले विद्यार्थीहरूको प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको छ। यतिबेला भ्याली भ्युले ‘इन्टरनेट अफ थिङ्क्स’ नामक कार्यक्रम सञ्चालन गरिरहेको छ।

‘विद्यार्थीहरूलाई समय सापेक्ष व्यावहारिक शिक्षा दिने उद्देश्यले विभिन्न कक्षाका विद्यार्थीलाई लक्षित गरी कार्यशाला गोष्ठीको आयोजना गरिरहेका छौं’, स्कुलका प्रिन्सिपल शुभाषचन्द्र भण्डारीले भने। विद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभागले डिजी स्कुल नेपालको सहकार्यमा कक्षा ९ मा अध्ययनरत १३५ विद्यार्थीलाई ‘इन्टरनेट अफ थिङ्क्स’ नामक कार्यशाला गोष्ठीको आयोजना गरेको हो।

‘अहिलेको प्रमुख आवश्यकता भनेको विद्यार्थीलाई कितावी ज्ञान मात्रैभन्दा पनि व्यवहारिक ज्ञानको हो। कितावमा पढेका कुरा विद्यार्थीहरूले व्यवहारमै उतार्न पाए भने त्यो झनै प्रभावकारी हुन्छ’, भण्डारीले भने, ‘समय सापेक्ष शिक्षा दिन सकिएन भने हाम्रो जनशक्ति विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने खालको हुँदैन। त्यसैले हामीले विद्यार्थीको प्रयोगात्मकतामा पनि विशेष ध्यान दिँदै आएका छौं।’ उनले आगामी दिनमा पनि यस्ता खाले कार्यक्रम गरिँदै जाने बताएका छन्।

कोरोना महामारीले पनि अब हामी प्रविधिसँगसँगै अगाडि बढ्नसक्नुपर्ने ठूलो पाठ सिकाएको उनले बताए।

सूचना प्रविधि विभाग प्रमुख चन्द्रप्रकाश भट्टले यस्ता खाले कार्यक्रमले विद्यार्थीको क्षेमता अभिवृद्धिमा ठूलो टेवा पुग्ने बताए। उनले अहिले विद्यार्थीले रिमोट कन्ट्रोल कार बनाउने तथा चलाउने तालिम दिइएको बताए।

यस्तो तालिमले उच्च  शिक्षा अध्ययन गर्दा पनि आफूले कुन विषय अध्ययन गर्ने भनेर विद्यार्थीलाई छनोट गर्न सहज हुने उनको भनाई थियो। प्रदिप बास्कोटा,  प्रनिश रत्न तुलाधर, आदित्य गोयल, लजुना महर्जन एवं स्मृति श्रेष्ठले रिमोट कन्ट्रोल कार बनाउने तथा चलाउने तालिम दिएका  थिए।

प्रकाशित: Dec 17, 2021| 13:22 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।