शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्रिय वाणिज्य बैंक नेसनल पेमेन्ट स्विच प्रणालीमा आबद्ध

राष्ट्रिय वाणिज्य बैंक नेसनल पेमेन्ट स्विच प्रणालीमा आबद्ध

नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्विचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता भएको छ ।

साथै बैंकले आफ्नो संस्थागत ग्राहकहरूका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिनेगरी कर्पोरेट पे प्रणालीको सुरुवात पनि गर्ने जनाइएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । 


प्रकाशित: Dec 17, 2021| 15:05 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्