मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं परिसरको कमान्ड सम्हाल्न आइपुगे सिआइबीका सुदीप गिरी

काठमाडौं परिसरको कमान्ड सम्हाल्न आइपुगे सिआइबीका सुदीप गिरी

केन्द्रिय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत एसएसपी सुदीप गिरीले सरुवा भएको एक महिनापछि परिसरको कमान्ड सम्हालेका हुन्।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- सरुवा गरिएको करिब एक महिनापछि महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख फेरिएका छन। केन्द्रिय अनुसन्धान ब्यूरो(सिआइबी)मा कार्यरत एसएसपी सुदीप गिरीले सरुवा भएको एक महिनापछि परिसरको कमान्ड सम्हालेका हुन्। 

प्रहरी मुख्यालयले गिरीलाई परिसर प्रमुखमा काज सरुवा गरेको हो। यसअघि परिसरको प्रमुख रहेका एसएसपी अशोक सिंहको भने भैरहवा विमानस्थलमा रहेको सुरुक्षा कार्यलयमा सरुवा भएको छ। शुक्रबारबाट परिसरको कार्यलयमा हाजिर भएका एसएसपी गिरी आजै प्रमुख जिल्ला अधिकारीसँगको बैठकमा सहभागी भएका छन्। 

प्रहरी मुख्यालयले यसअघि पनि गिरीलाई परिसरमा काज सरुवा गर्ने निर्णय गरेको थियो। तर, प्रधानमन्त्रीस्तरबाटै दबाब आएपछि त्यतिबेलाको सरुवा कार्यन्वयन हुन सकेको थिएन। पछिल्लो पटकको सरुवा भने करिब एक महिनापछि कार्यन्वयन भएको हो।

प्रकाशित: Dec 17, 2021| 14:00 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।