शुक्रबार, असोज १६, २०८३

कृषि विकास बैंकको लाभांश घोषणा

उक्त प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछन्।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- कृषि विकास बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषण गरेको छ। बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५ नगद गरी कुल २१ दशमलव ०५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो। 

उक्त प्रस्तावित लाभांश नियामक निकाय राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछन्।

यस्तै, बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा पनि ६ प्रतिशत नगद लाभांश दिने जनाएको छ। गत वर्ष बैंकले १५ दशमलव ७९ प्रतिशत (करसहित) लाभांश वितरण गरेको थियो।

प्रकाशित: Dec 17, 2021| 13:20 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्