आइतबार, असार २१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राखेपमा सिलवालले पदबहाली गर्न लाग्दा माओवादीले गर्‍यो तालाबन्दी

राखेपमा सिलवालले पदबहाली गर्न लाग्दा माओवादीले गर्‍यो तालाबन्दी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवमा रमेशकुमार सिलवालले पदबहाली गर्न लाग्दा अवरुद्ध गरिएको छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं–  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवमा रमेशकुमार सिलवालले पदबहाली गर्न लाग्दा अवरुद्ध गरिएको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सिलवालले शुक्रबार पदबहाली गर्ने तयारीमा थिए। तर राखेपमा माओवादी कार्यकर्ताले तालाबन्दी गरेपछि उनले पदबहाली गर्न पाएनन्।

केपी शर्मा ओली सरकारले नियुक्त गरेका सिलवाललाई देउवा सरकारले बर्खास्त गरेको थियो। देउवा सरकारले टंकलाल घिसिङलाई नयाँ सदस्य सचिवका रुपमा नियुक्त गरेको थियो। आफूलाई पदबाट गैरकानुनी रुपमा हटाइएको भन्दै सिलवाल अदालत पुगेका थिए।

शुक्रबार दिउँसो ११ बजे पदबहालीको कार्यक्रम रहे पनि सदस्य सचिवको कार्यलयमा त्यसअघि नै तालाबन्दी गरिएको छ। सर्वोच्च अदालतले बिहीबार सिलवालको नियुक्ति बदर नगर्न आदेश दिएको थियो। सोही आधारमा सिलवालले पदबहाली गर्न लागेका थिए। सर्वोच्चले उक्त मुद्दामा पुस १२ गते सुनुवाइ गर्ने भएको छ। यसका लागि दुवै पक्षलाई डाकिएको छ।
प्रकाशित: Dec 17, 2021| 15:01 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।