मंगलबार, भदौ १६, २०८३

चीनले अनिश्चितकालका लागि बन्द गर्यो तातोपानी नाका

 |  मंगलबार, भदौ १६, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०८३

काठमाडौं- नेपाल-चीनबीचको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी चीनले अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ।

लिपिङ क्षेत्रमा पहिरोको जोखिम बढेपछि चिनियाँ पक्षले आयात-निर्यात रोक्ने निर्णय गरेको हो। पहिरोको जोखिम स्थिर भएपछि मात्र नाका खोलिने जनाइएको छ।

यसअघि पनि पहिरोका कारण तातोपानी नाका करिब तीन साता बन्द भएको थियो। पछिल्लो बाढीले रसुवागढी नाकाको टिमुरे बजारसमेत क्षतिग्रस्त बनाएपछि नेपाल–चीन व्यापारमा थप समस्या देखिएको छ।

नाका बन्द भएपछि दसैंका लागि चीनबाट सामान ल्याउने व्यवसायीले कोरला नाका वा समुद्री मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ। लामो समय दुवै प्रमुख नाका बन्द हुँदा व्यापार तथा राजस्व संकलनमा ठूलो असर पर्ने देखिएको छ।

प्रकाशित: Sep 01, 2026| 12:50 मंगलबार, भदौ १६, २०८३
प्रतिक्रिया दिनुहोस्