काठमाडौं- झापाको दमकबाट ब्राउन सुगरसहित ५० वर्षीया मुन्नी बेगम पक्राउ परेकी छन्।
उनको दमक-७ स्थित घरमा लागू पदार्थ रहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीटोलीले मुन्नीलाई बिहीबार ६.५ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
मुन्नीको घरमा खानतलासी गर्दा कोठाबाट बट्टाभित्र प्रतिबन्धित लागू पदार्थ ब्राउन सुगर फेला परेको थियो। बेगमलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।