शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकले बेलायतको सीडीसी ग्रुपबाट ३ अर्ब ऋण लिने

ग्लोबल आइएमई बैंकले बेलायतको सीडीसी ग्रुपबाट ३ अर्ब ऋण लिने

ग्लोबल आईएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप बाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमती पत्रमा हस्ताक्षर गरेको छ ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं–  ग्लोबल आईएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुप  बाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमती पत्रमा हस्ताक्षर गरेको छ ।

बुधबार बैंकमा आयोजित एक समारोहबीच ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौता आदानप्रदान गरे ।

सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्ने बैंकले जनाएको छ । “उक्त ऋण सम्झौताले  बैंकलाई नेपाल सरकारको प्राथमिकताका क्षेत्रहरु जलविद्युत, नविकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्नेछ,” बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।  

ऋणलाई बैंकले कोभिड महामारीपछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सृजना गर्दै दिगो र समावेशी विकासमा लगानी बढाउन प्रयोग गर्ने जनाएको छ । सीडीसी ग्रुपका प्रबन्ध निर्देशक तथा एशिया प्रमुख नि नागाराजनले नेपाल सधैँ सीडीसीको प्राथमिकतामा रहेको बताए। उनले यस ऋण सहयोगबाट नेपालको आर्थिक पुनरुत्थान र दिगो विकासमा सीडीसीको प्रतिवद्धता रहेको बताए।

प्रकाशित: Dec 17, 2021| 14:35 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्