बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वमाओवादी नेतालाई खुसी बनाउँदै ओली, वरीयतामा पुराना नेता पन्छाइए

पूर्वमाओवादी नेतालाई खुसी बनाउँदै ओली, वरीयतामा पुराना नेता पन्छाइए

वरिष्ठ उपाध्यक्षमा दाबी पेश गरेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पाँचौं वरीयताको उपाध्यक्ष बनाइएको छ। उनले महाधिवेशनताका पार्टीमा अध्यक्ष ओलीबाहेक आफूभन्दा सिनियर कोही नरहेको बताएका थिए।
 |  शुक्रबार, पुस २, २०७८

धीरज बस्नेत

धीरज बस्नेत

शुक्रबार, पुस २, २०७८

काठमाडौं– नेकपा (एमाले)ले हालै सम्पन्न दशौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई जिम्मेवारी दिनुका साथै उनीहरुको वरीयता पनि निर्धारण गरेको छ। यसअघिको वरीयताक्रमलाई संशोधन गर्दै एमालेले नयाँ वरीयताक्रम सार्वजनिक गरेको हो। यसअनुसार अध्यक्ष केपी शर्मा ओलीले वरीयतामा पार्टीका पुराना नेताहरूलाई भन्दा पूर्वमाओवादीलाई अग्रस्थानमा राखेका छन्। 

triton college

मंसिर २५ र २६ गते भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकपछि बनाइएको अन्तरपार्टी निर्देशन (अपानि)मा नेताहरूको वरीयता निर्धारण गरिएको हो। ६ उपाध्यक्ष रहेको एमालेमा वरीयताक्रम निर्धारण गर्दै अध्यक्ष ओलीले पहिलोमा युवराज ज्ञवाली, दोस्रोमा अष्टलक्ष्मी शाक्यलाई राखेका छन् भने तेस्रोमा रामबहादुर थापालाई राखेका छन्। ज्ञवाली र शाक्य यसअघि पनि उपाध्यक्ष थिए। थापा भने माओवादीबाट आएका हुन्। उनले चितवनमा सम्पन्न दसौं महाधिवेशनको निर्वाचनमा ६ उपाध्यक्षमध्ये सबैभन्दा कम मत पाएका थिए। तर, उनलाई उपाध्यक्षको  तेस्रो वरीयता दिइएको छ। 

वरिष्ठ उपाध्यक्षमा दाबी पेश गरेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पाँचौं वरीयताको उपाध्यक्ष बनाइएको छ। उनले महाधिवेशनताका पार्टीमा अध्यक्ष ओलीबाहेक आफूभन्दा सिनियर कोही नरहेको बताएका थिए। तर, नेम्वाङ भन्दा सिनियर उपाध्यक्ष थापालाई मात्रै होइन, विष्णु पौडेललाई समेत बनाइएको छ। पौडेललाई चौथो वरीयतामा राखिएको छ। पौडेल नवौं महाधिवेशनबाट उपमहासचिव भएका थिए भने दशौं महाधिवेशनमा महासचिवमा आकांक्षा राखेका थिए। तर, नेताहरुको व्यवस्थापन गर्ने क्रममा ओलीले उनलाई उपाध्यक्षको उम्मेदवार बनाएका थिए। यस्तै छैटौं वरीयताको उपाध्यक्षमा सुरेन्द्र पाण्डेलाई राखिएको छ। 

उपमहासचिवको पहिलो वरीयतामा भने प्रदीप ज्ञवालीलाई पहिलो, पृथ्वीसुब्बा गुरूङलाई दोस्रो र विष्णु रिमाललाई तेस्रो वरीयतामा राखिएको छ। 

७ सचिवमध्ये पहिलो र दोस्रो वरीयता पूर्वमाओवादी नेताहरुले पाएका छन्। टोपबहादुर रायमाझी सचिवको पहिलो वरीयतामा छन् भने लेखराज भट्ट दोस्रोमा छन्। रायमाझी सचिव पदमा सबैभन्दा कम मत पाउने दोस्रो स्थानमा (१७०० मत) थिए भने भट्ट तेस्रो स्थानमा (१७०४) थिए। तर, पनि अध्यक्ष ओलीले उनीहरुलाई वरीयता क्रममा यसअघि सचिव भइसकेका र सबैभन्दा धेरै मत ल्याएकालाई पन्छ्याएर पहिलो र दोस्रो स्थान दिएका छन्। तेस्रो स्थानमा भने  महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएका गोकर्ण विष्टले पाएका छन्। दोस्रो धेरै मत ल्याएका योगेश भट्टराईलाई चौथो वरीयतामा राखिएको छ। 

corrent noodles
Metro Mart
वरिष्ठ उपाध्यक्षमा दाबी पेश गरेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पाँचौं वरीयताको उपाध्यक्ष बनाइएको छ। उनले महाधिवेशनताका पार्टीमा अध्यक्ष ओलीबाहेक आफूभन्दा सिनियर कोही नरहेको बताएका थिए। तर, नेम्वाङ भन्दा सिनियर उपाध्यक्ष थापालाई मात्रै होइन, विष्णु पौडेललाई समेत बनाइएको छ।

विष्ट र भट्टराई यसअघि नवौं महाधिवेशनबाट पनि सचिवमा निर्वाचित भएका थिए। विष्टले नवौं महाविधेशनमा पनि सर्वाधिक मत ल्याएर जित हासिल गरेका थिए। उनले दशौँ महाधिवेशनमा उपमहासचिव पदको दाबी गरेका थिए। तर, अध्यक्ष ओलीले सचिव पदको मात्रै उमेदवार बनाएका थिए। यस्तै सचिवको पाँचौं वरीयतामा परेका छविलाल विश्वकर्मा, छैटौं वरीयतामा रहेका रघुवीर महासेठ र सातौं वरीयतामा पदमा अर्याललाई राखिएको छ। 

एमालेका पुराना नेतालाई पन्छाएर पूर्वमाओवादी नेताहरुलाई चेपेको भन्दै पुराना नेताहरुले असन्तुष्टि जनाएका छन्। स्रोतका अनुसार सबैभन्दा असन्तुष्ट नेम्वाङ बनेका छन्। पार्टीलाई यो अवस्थासम्म ल्याउन ओलीलाई प्रत्येक पाइलामा साथ दिए पनि उपाध्यक्षको वरीयतामा पाँचौं स्थानमा राखेको भन्दै सुवास नेम्वाङले असन्तुष्टि जनाएका छन्। बादललाई तेस्रो वरीयता दिँदा नेम्वाङलाई पाँचौंमा राखिएको छ। 

वरीयता निर्धारणप्रति गोकर्ण विष्ट र योगेश भट्टराई पनि सन्तुष्ट छैनन्। पूर्वमाओवादी नेतालाई खुसी बनाउने नाममा आफूहलाई पर धकेल्न खोजेको भन्दै उनीहरुले आफू निकटका नेताहरुसँग असन्तुष्टि पोखेका छन्। पार्टी अध्यक्षले मनोमानी ढंगबाट काम गरेको भन्दै एमालेमा असन्तुष्टि बढ्दै गएको एमालेका एक पदाधिकारीले बताए। उनले भने, ‘पार्टीमा असन्तुष्टि बढाउने काम अध्यक्ष आफैंले गर्नुभएको छ। पुराना र लोकप्रिय साथीहरुलाई पन्छाएर एकलौटी गर्न खोजेजस्तो देखिएको छ। तर, सबै कुरा अहिले नै बोल्न मिल्ने अवस्था छैन्। तर, पुराना साथीहरु खुसी हुनुहुन्न।’ 


प्रकाशित: Dec 17, 2021| 13:54 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...