शनिबार, वैशाख ६, २०८२

देशभर आज मौसम सफा रहने

 |  शुक्रबार, वैशाख ५, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ५, २०८२

vianetvianet
triton college
National life insurance

काठमाडौं- हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न कोशी, मधेस, बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने बताएको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।

महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती  र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । यी प्रदेशका केही भेगमा हल्कादेखि मध्यम वर्षा पनि हुनसक्ने छ । 

प्रकाशित: Apr 18, 2025| 11:26 शुक्रबार, वैशाख ५, २०८२
प्रतिक्रिया दिनुहोस्