मंगलबार, भदौ २, २०८३

उपचारमा पनि बिचौलियाको बिगबिगी

उपचारका लागि सर्वसाधारणलाई आफूलाई कमिसन दिने फार्मेसीमा औषधि किन्न बाध्य गराई हैरानी दिएको आरोपमा चार जना पक्राउ परेपछि औषधिउपचारमा पनि बिचौलिया प्रयोग भइरहेको तथ्य बाहिर आएको हो।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

मोरङ- सार्वजनिक सेवामा बिचौलिया प्रयोग हुनु सामान्य नै मानिन्छ। तर मोरङमा औषधि उपचारमा पनि बिचौलिया सक्रिय भएर सर्वसाधारणलाई दुःख दिन थालेका छन्।

उपचारका लागि  सर्वसाधारणलाई आफूलाई कमिसन दिने फार्मेसीमा औषधि किन्न बाध्य गराई हैरानी दिएको आरोपमा चार जना पक्राउ परेपछि औषधिउपचारमा पनि बिचौलिया प्रयोग भइरहेको तथ्य बाहिर आएको हो। 

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१९ बस्ने ४६ वर्षीय विनोद राय, सोही महानगरपालिका-५ बस्ने ६० वर्षीय रामा सुनुवार, ४५ वर्षीय दिलीप साह र विराटनगर महानगरपालिका-१२ बस्ने ३९ वर्षीय शिव कुमार कामत छन्।

विराटनगर महानगरपालिका-७ स्थित उपचारका लागि आएका सर्वसाधारणलाई सम्पर्कमा भएको अस्पतालमा चिकित्सक राम्रो छ भन्ने तथा आफूलाई कमिसन दिने फार्मेसीमा औषधि किन्न बाध्य गराएर  सर्वसाधारणलाई दुख दिएको आरोपमा चारै जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।


प्रकाशित: Dec 17, 2021| 13:10 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।