शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक लगानी कोष र अन्नपूर्ण न्यूरो अस्पतालबीच सम्झौता

नागरिक लगानी कोष र अन्नपूर्ण न्यूरो अस्पतालबीच सम्झौता

नागरिक लगानी कोष र अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच बिहीबार कोषका सहभागीलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं– नागरिक लगानी कोष र अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच बिहीबार कोषका सहभागीलाई छुट दिने सम्बन्धी सम्झौता भएको छ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपूर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरी गजुरेलले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार कोषमा सहभागी र कर्मचारीहरुले न्युरो अस्पतालबाट उपचार सेवा लिँदा हेल्थ प्याकेजमा १५, ल्यावमा १०, रेडियोलोजीमा १०, एम्वुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट पाउने जनाइएको छ । 


प्रकाशित: Dec 17, 2021| 13:35 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्